दिनदिनै बढ्दैछन भेडेटारमा पर्यटक !

धनकुटा खबर । पूर्वकै पर्यटकीय स्थल धनकुटाको भेडेटार क्षेत्रमा यो समयमा पर्यटक आगमनको संख्यामा केही सुधार आएको छ ।

गत श्रावण महिनामा परेको वर्षातको कारण कोशी राजमार्ग अन्र्तगत धरान भेडेटारको वीच भागमा पहिरोले वाटो भत्किएपछि सुस्ताएको पर्यटक आवागमनको क्रममा केही सुधार आएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले जानकारी दिनुभयो ।

धनकुटाको भेडेटारबाट धरान तर्फको देखिने छोटिमोङ्गको सुन्दर दृष्य । उक्त स्थानको हजार बुद्ध सहित डाँडोमा बिग बुद्ध भन्ने भएको छ ।

खास गरी नेपालीहरुको विशेष चाडपर्वहरु दशै तिहार तथा छठको अवसर पारेर अहिले त्यहाँ घुम्नका लागि आन्तरिक पर्यटकहरु वढी मात्रामा जाने गरेकाछन् । यो समयमा पर्यटकहरुको संख्या दैनिक ३ हजारको हाराहारीमा पुग्ने गरेको होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दाली राईले वताउनुभयो ।

उहाँले भन्नुभयो “दशै, तिहारको समयले होला यो सिजनमा अहिले यहाँ घुम्न आउने वाह्य भन्दा आन्तरिक पर्यटकहरु वढीछन् ।” तर उल्लेखित संख्याको पर्यटक त्यहाँ भित्रिदा पनि पहिरोको कारण सडक भत्केर आवतजावतमा समस्याहँुदा भेडेटारको समग्र व्यवसायमा पुगेको क्षती भने पूर्ति गर्न नसक्ने एशोसिएसनका अध्यक्ष लावतीले वताउनुभयो ।

अध्यक्ष लावतीले यतिवेला भेडेटारको समग्र व्यवसायको आम्दानी दैनिक १५ देखी ३० लाखको हाराहारीमा रहेको वताउनुभयो । साथै उहाँले पहिरोले भत्किएको सडक वनाउन सम्वन्धित पक्षले छिटो ध्यान दिए सहज हुने पनि वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।