रंगिन बन्दै धनकुटाका गाउँबस्ती !

धनकुटा खबर । धनकुटाका गाउँबस्तिहरु अहिले दिन–प्रतिदिन हरियो ग्याल्भनाईज जस्तापाताले रंगिन र चिटिक्क देखिन थालेका छन् ।

उद्योग,कारखाना,समुहका भवन र व्यक्तिगत घरमा हरियो जस्तापाताको कलात्मक बढ्दो प्रयोग संगै गाउँ बस्तिहरु रंगिन देखिन थालेका हुन् ।

हेर्दा चिटिक्क परेको मनै लोभ्याउने र खिया नलाग्ने भएपछि अहिले धनकुटामा यो जस्ता पाताको प्रयोग बढ्न थालेको प्रयोग कर्ताहरुले बताएका छन् ।

अरुले लगाईएका सेतो जस्तामा खिया लागेर पानी चुहिएको देखेपछि उक्त ग्याल्भनाईज जस्तापाता प्रति सर्वसाधारणहरुको आकर्ष बढेको बताउँछन् धनकुटा भीरगाउँका १३ का मधुगंगा एग्रो कृषि फर्मका सन्चालक चन्द्रलाल तामाङ । बरिष्ठ कृषक तामाङले अरु भन्दा महंगो भएपनि लामो समय सम्म खिया नलाग्ने देखेपछि आफ्नो गाई फर्ममा रंगिन जस्तापाता प्रयोग गरेको बताए ।

उता राजारानी गाबिसमा रहेको मावरक रानीतालको वरिपरी आगन्तुक बस्ने कटेजहरुमा रंगिन जस्तापाता लगाउँदा गर्मिको समयमा बस्दा पनि सितल भएको बताउँछन् ताल व्यबस्थापन समितिका अध्यक्ष टेकरत्न चेम्जोङ्ग । उनले भने–‘मोटो र खिया नलाग्ने भएकोले भएकोले यो टिन अरु भन्दा धरै टिक्छ जस्तो छ ।’ रंगिन जस्तापाताले तालको सुन्दरतालाई अझ बढाएको उनको भनाई छ ।

त्यस्तै पर्यटकीय नाम्जे गाउँका थुम्की नाम्जे होम स्टेका अध्यक्ष अनिल राना मगरले पनि खिया नलाग्ने र घरको छाना सुहाउँदो देखिने भएकाले आफूले होम स्टेको भवनमा हरियो जस्ता प्रयोग गरेको बताए ।

हुलास,आरती लताएतका कम्पनीबाट उत्पादित यस्ता जस्तापाताको दाम प्रति बण्डिल (७२ फुट) पाँच देखि आठ हजार सम्मा बिक्री हुने गरेका छन् ।

धनकुटामा लामो समय देखि जस्तापाता र हार्डवेयरका सामान बेच्दै आएका सिर्वानी ट्रेड ईन्टरप्राईजेजका सन्चालक मनोज डंगोलका अनुसार धनकुटाबाट बार्षिक ९० लाख भन्दा बढीको रंगिन जस्तापाताहरु बिक्री हुने अनुमान छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।