उद्योगी ब्यबसायीहरुका लागि धनकुटामा समृद्धि परियोजना
धनकुटा खबर । उद्योग मन्त्रालयलद्वारा सन्चलित समृद्धि परियोजना धनकुटामा पनि शुरु भएको छ ।
कृषि बिकासका लागि अन्तराष्ट्रिय कोष (ईफाड) को सहयोगमा सन्चालित उक्त परियोजना उद्योग बाषिज्य संघ धनकुटाद्वारा सन्चालनमा आएको हो ।

नयाँ उद्यमीहरुको सिर्जना गर्ने र पुरानाहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले सन्चालनमा आउन लागेको उक्त परियोजना सोमबार धनकुटामा एक कार्यक्रम गरेर आयोजना शुरु भएको जानकारी दिएको छ ।
प्रदेश नं.१ का ७ र २ को ९ गरी १६ जिल्लामा लागु हुने उक्त कार्यक्रम सुनसरी र उदयपुर पछि धनकुटामा शुरु गरिएको उद्योग बाणिज्य संघ धनकुटा र दातृ संस्था ईफाड सुनसरीले संयुक्त कार्यक्रम गरेर जानकारी दिएको छ ।

२०१५ देखि स्न २०२२ सम्मका लागि कुल ६ अर्ब ८९ करोडको लागतमा सन्चालनमा आउन लागेको ईफडका पूर्वाञ्चल संयोजक लोकेन्द्र बहादुर रावलले जानकारी दिनुभयो ।
परियोजनामा नीजि क्षेत्रको १३ दशमलव ७ प्रतिशत ९ प्रतितशत सरकार ६ प्रतिशत सेवा ग्राहीको र बाँकी दातृ संस्थाको सहयोगको ५०÷५० प्रतिशत ऋण र अनुदान रहने रावलले बताउनुभयो ।

उक्त परियोजना शुरु गर्न उद्योग बाणिज्य संघ धनकुटाले एक छुट्टै शाखा खोलेर उद्यमीहरुको योजना कार्यक्रम संकलन गर्ने संघका अध्यक्ष उमेश घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ,प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती र जिल्ला समनवयन समिति धनकुटाका सभापति टंक चौहानले परियोजना सफलताको शुभकामना दिनुभएको थियो ।


