प्रदेश नं. १ को राजधानी धनकुटा नै किन ? यस्ता छन् राजधानी हुने आधारहरु
धनकुटा खबर । प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग राख्दै धनकुटा बजार ब्यबस्थापन समितिले जिल्ला प्रशासन र क्षेत्रीय प्रसासन मार्फत् नेपाल सरकार मार्फत् ज्ञापन–पत्र बुझाएको छ ।

ज्ञापन–पत्र मार्फत् समितिले एतिहाँसिक,भौतिक पूर्वाधार र धनकुटा १ नं प्रदेशको १४ वटै जिल्लाको केन्द्र भएको आधारमा राजधानी हुनुपर्ने माग गरेको छ ।

समितिले प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती र क्षेत्रिय प्रशासनका प्रतिनीधिलाई ज्ञापन–बुझाएको छ । ज्ञापन–बुझाएपछि समितिका अध्यक्ष बिप्लव श्रृष्ठले चरणवद्ध आन्दोलनको तयारी गर्ने जानकारी दिनुभयो ।
के–के छन् त राजधानी हुनुपर्ने आधार र कारणहरु
–२०१५ सालमा निर्वाचित जनसरकारले धनकुटा गौँडालाई पनि डोटी, पाल्पा जस्तै कायम गरी वडा हाकीम नियुक्त गरेर प्रशासन चलाएको थियो ।
–पंचायती कालमा पूर्वक्षेत्रको प्रमुख प्रशासन, अड्डा अदालत, शाही दरवार कायम रहेको
थियो ।
–२०४६ साल पछि पनि क्षेत्रीय प्रशासन कार्यालय, शिक्षा, स्वास्थ्य, सुरक्षा र विकास निर्माण सबै कार्यालयहरु धनकुटामा नै रहेका छन् ।
–सरकारी स्वामित्वमा रहेका ३९१ भवनहरु रहेका छन् ।
–ट्रष्टको नाममा धनकुटाको चुलीवनमा १९३ पर्यटन विभागको नाममा १३३ विद्युत प्राविधिकरणको २००, शहरी विकासको नाममा २९९,साविक धनकुटा नगरपालिकाको स्वामित्वमा ४८६३५ रापनी सार्वजनिक जग्गा लगायत सामुदायिक सभा भवन, खेल मैदान टुडिखेल लगायतका पूर्वाधारहरु प्रर्याप्त रहेका छन् ।
–धनकुटा नगरपालिकाको वडा नं. ९ अन्तर्गत बेलहारा डाँडामा हवाई मैदान बन्न स्वीकत भएको छ ।
–मध्येपहाडी राजमार्गले र कावेली करीडोरले चौध जिल्लासँग सडक संजाल जोडिसकोको छ ।
लोकमार्ग अन्तर्गत प्रस्तावित दश शहर मध्यको बसन्तपुर चित्रे, मुढे शहरको क्षेत्रका जमीन तीन भागको दुई भाग घुमाउने खर्क, चित्रे खर्क धनकुटामा नै पर्दछन् ।
–धनकुटाको भेडेटार,हिले, त्रिशुले गुँरासे, जोरपाटी, सिंधुवा, चित्रे पहाड, शहरी विकास तथा पर्यटकीय शहर बन्ने प्रचुर सम्भावना छ ।
–भारतको जोगवनीसँग सिमाना जोडिएको विराटनगर देखि चीन तिब्बतको सीमा जोडिने संखुवासभा किमाथांका, भारतको खर्साङ्गसँग सीमा जोडिएको इलाम, पशुपतिनगरदेखि ओखलढुङ्गा, सोलुखुम्बु देखि ताप्लेजुङ्ग, उदयपुर देखि झापासम्मका भुगोलमा चारैतिरबाट धनकुटा केन्द्र भागमा पर्छ ।
–धनकुटा हिमाल पहाड तराई मधेशको हावापानीको अनुकुलता भएको र यो जिल्ला संखुवासभा, तेह्रथुम, पाँचथर मोरङ्ग, सुनसरी, उदयपुर, भोजपुर सात जिल्ला जोडिएको छन् ।
–भौगोलिक र सामाजिक सुरक्षा सुरक्षाका हिसावले धनकुटा राजधानीको लागि उपयुक्त छ ।
–भौगोलिक र सामाजिक सुरक्षा सुरक्षाका हिसावले उपयुक्त ।
–धनकुटाले लोकतान्त्रिक तथा गणतान्त्रिक व्यवस्थाका खातिर निस्वार्थ संघर्षमा साथ दिएको इतिहास रहेको छ ।


