धनकुटा नगरपालिकाका मेयरद्वारा तलबी निर्णय बदर

धनकुटा खबर । मेयरको अनुपस्थितिमा उप–मेयरको अगुवाईमा तोकिएको धनकुटा नगरकार्यपालिकाका जनप्रतिनीधिहरुको तलब सुबिधा बदर गरिएको छ ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले चीन भ्रमण गएको बेला असोज ९ गते उप–मेयर सकुन्तला बस्नेतले उक्त तलब पारित सुबिधा पारित गराएका थिए ।

उक्त बैठकले वडा अध्यक्ष र नगर परिषद् सदस्यहरुलाई मासिक २५ हजार,उप–मेयरलाई ३५ र मेयरलाई ४५ हजार तलब तोकेको थियो ।

तर उक्त तलवब सुबिधा प्रदेश कानुनको अभावमा संविधान बिपरित भएको भन्दै तामाङ्ग भ्रमणबाट फकिएपछि २६ गते बिहिबार बसेको बैठकले उक्त निर्णय खारेज गरिएको हो ।

तामाङ्गले भने,‘संविधानमा जनप्रतिनीधिहरुको सुबिधा प्रदेश कानुनले तोक्ने ब्यबस्था भएकोले निर्णय वदर गरिएको हो ।’

उता उप–मेयर बस्नेतले भने आफूले मेयरबाट अनौपचारिक स्वकिृति पाएकोे र सबै नगरपालिका बोर्डले पनि सहमति भएकाले निर्णय कार्यानवयन भएर जाने देखिएकोले जनप्रतिनीधहरुको तलव तोकेको जानकारी दिए ।

नेपालको संविधान २०७२ को भाग १८ को बुंदा २२७ अनुसार ‘गाउँ सभा र नगर सभाका सदस्यले पाउने सुंविधा सम्बन्धी व्यवस्था प्रदेश कानुन बमोजिम हुने’ब्यबस्था रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।