विवाद समाधानमा सामुदायिक मेलमिलाप
धनकुटा खबर । स्थानिय स्तरमा हुने विवाद समाधानमा सामुदायिक मेलमिलापकर्ताको भुमिका महत्वपुर्ण रहेको धनकुटामा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । उनिहरुले स्थानिय स्तरका विवाद स्थानिय स्तरवाट नै समाधान गरि दिगो शान्ति स्थापना गर्न सामुदायिक मेलमिलापकर्ताको भुमिका उदाहरणिय रहेको वताएका छन् ।

सामुदायिक मेलमिलापकर्ता समाज नेपाल धनकुटाको सातौँ बार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन् । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा धनकुटाका अध्यक्ष मुकुन्दप्रसाद भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्व्य समिति धनकुटाका प्रमुख टंकवहादुर चुवान,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,सामुदायिक मेलमिलापकर्ता समाज नेपालका केन्द्रिय सदस्य भक्त थापा,जिल्ला समन्व्य समितिका सदस्य डागमकुमार राई लगायतले शुभकामना सहित आ आफ्नो भनाई राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा कार्यक्रमिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै जिल्ला सचिव निलवहादुर थापाले एक वर्षको अवधिमा विभिन्न प्रकृतिका ५५ वटा विवाद समाधान भएको वताउनुभयो । उहाँले जिल्लामा सामुदायिक मेलमिलाप सेवा कार्यक्रम सञ्चालन भएदेखि हाल सम्म १ हजार ६ सय ३७ वटा विवाद समाधान भएको वताउनुभयो । यसका साथै सचिव थापाले सामुदायिक मेलमिलापकर्ता समाज नेपाल धनकुटाले सञ्चालन गरेका गतिविधि,कार्यक्रम तथा भावि कार्यक्रमहरु समेत प्रस्तुत गर्नुभएको थियो ।
यसैगरि कोषाध्यक्ष महेन्द्र भटटराईले गत आर्थिक वर्ष २०७३÷७४ को आय व्याय तथा चालु आर्थिक वर्षको अनुमानित आयव्याय विवरण प्रस्तुत गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य सदस्य यमप्रसाद अधिकारीले राख्नुभएको थियो भने सदस्य दोर्णप्रसाद गुरागाईले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन सदस्य ठगेन्द्रप्रसाद अधिकारीले गर्नुभएको थियो ।


