राष्ट्रिय सभा र प्रादेशीक मन्त्रीहरुको सुबिधामा छलफल, यस्तो छ प्रदेशका मन्त्रीहरुको प्रस्तावित बिधेक

धनकुटा खबर । राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रादेशीक मन्त्रीहरुको बिषयमा प्रस्तावित बिधेयकमा सुझाव संकलन गर्न धनकुटामा नागरिक संवाद कार्यक्रम गरिएको छ ।

नागरिक संवाद केन्द्र धनकुटाले धनकुटाका सभासद् उदय नेपालीको अध्यक्षतामा कार्यक्रम गरेर उक्त २ बिधेयक माथि छलफल तथा सुझाव संकलन गरेको हो ।

कार्यक्रममा पूर्व सभासद् खिमलाल देवकोटाले राष्ट्रिय सभाका बिषयमा ८ वटा परिच्छेदमा तयार पारिएको ७३ दफा र  प्रादेशीक मन्त्रीहरुको तलब सुबिधाका बिषयमा प्रस्तावित बिधेयकको कार्यपत्र प्रस्ततुत गर्नुभएको थियो ।

उक्त प्रस्ताव माथि धनकुटाका कानुन ब्यबसायी,नागरिक समाज,राजनैतिक दलका प्रतिनीधि,बिभिन्न संघ संस्थाका प्रनिीधिहरुले सुझाव राखेका थिए ।

प्रदेशका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावनाः प्रदेशका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा ९१० बमोजिमको व्यवस्थापिका(संसदले यो ऐन बनाएको छ ।

१। संक्षिप्त नाम र प्रारम्भ स् ९१० यस ऐनको नाम “प्रदेशका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४” रहेको छ ।
९२० यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२। परिभाषा स् विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,
क. ूमन्त्री” भन्नाले प्रदेशको मन्त्री, राज्य मन्त्री वा सहायक मन्त्री समेत सम्झनु पर्छ।
ख. “मुख्यमन्त्री” भन्नाले प्रदेशको मुख्यमन्त्री सम्झनु पर्छ।

३। पारिश्रमिक स् ९१० मुख्यमन्त्री र मन्त्रीलाई अनुसूची(१ मा उल्लेख भए बमोजिमको मासिक पारिश्रमिक दिइनेछ ।
९२० मुख्यमन्त्री र मन्त्री कुनै कारणले सो पदबाट निवृत्त भएमा वा सो पदमा नरहेमा निजलाई एक महिनाको पारिश्रमिक बराबरको रकम थप सुविधाको रुपमा दिइनेछ ।

४।     आवास सुविधा स् ९१० मुख्यमन्त्री र मन्त्रीलाई आवासको लागि प्रदेश सरकारबाट सरकारी घरको बन्दोबस्त हुनेछ।
९२० उपदफा ९१० बमोजिम घरको बन्दोबस्त नभएकोमा वा प्रदेशको राजधानीमा आफ्नो उपयुक्त घर नभएका मुख्यमन्त्री र मन्त्रीलाई घरभाडा बापत प्रतिमहिना प्रदेश सरकारले तोके बमोजिमको रकम उपलब्ध गराउनेछ।
९३० उपदफा ९१० बमोजिम बन्दोबस्त भएको घर कम्पाउण्डको मर्मत र सरसफाई खर्च प्रदेश सरकारले व्यहोर्नेछ।
९४० प्रदेशको राजधानीमा स्थायी बसोबास भई आफ्नो उपयुक्त घर भएका मुख्यमन्त्री र मन्त्रीलाई निजको घर कम्पाउण्डको मर्मत र सरसफाई खर्च बापत प्रदेश सरकारले तोके बमोजिमको रकम उपलब्ध गराउनेछ।
९५० उपदफा ९१० बमोजिमको घरको लागि उपयुक्त फर्निचरको व्यवस्था प्रदेश सरकारबाट हुनेछ।
९६० यस दफा बमोजिमको सुविधा मुख्यमन्त्री र मन्त्रीले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन्।

५। सवारी तथा इन्धन सुविधा स् ९१० मुख्यमन्त्री र मन्त्रीलाई अनुसुची(१ मा उल्लेख भए बमोजिमको सवारी तथा इन्धन सुविधा दिइनेछ।
९२० उपदफा ९१० बमोजिम प्राप्त इन्धनको बिल भौचर बुझाउनु पर्ने छैन।
९३० यस दफा बमोजिमको सुविधा मुख्यमन्त्री र मन्त्रीले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन्।

६। विजुली, धारा, इन्टरनेट तथा टेलिफोन सुविधा स् मुख्यमन्त्रीको आवासमा जडान भएका विजुली, धारा, इन्टरनेट तथा टेलिफोन र मन्त्रीको आवासमा जडान भएका एक इकाईको विजुली, धारा, इन्टरनेट र नेपाल भित्र गरिने टेलिफोनको महशुल ९जरिवाना बाहेक० प्रदेश सरकारले व्यहोर्नेछ।

७।  उपचार सुविधा स् ९१० मुख्यमन्त्री र मन्त्रीलाई सामूहिक रुपमा प्रदेश सरकारले तोकेको एकजना चिकित्सकको सेवा उपलब्ध गराइनेछ।
९२० उपदफा ९१० बमोजिमको चिकित्सकले अस्पतालमा भर्ना भई औषधी उपचार गर्नुपर्ने भनी गरेको सिफारिस बमोजिम मुख्यमन्त्री र मन्त्रीले अस्पतालमा भर्ना भई औषधी उपचार गराएमा त्यसरी उपचार गराउँदा लागेको प्रेस्क्रिप्शन तथा बिल बमोजिमको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्नेछ।
९३० मुख्यमन्त्री र मन्त्रीको स्वदेशमा उपचार हुन नसकी विदेशमा गएर उपचार गराउनु परेमा प्रदेश सरकारले तोकेको उपचार खर्च पाउनेछन्।

९४० उपदफा ९२० र ९३० बमोजिमको उपचार खर्च बापतको रकम मुख्यमन्त्रीको कार्यालयले मुख्यमन्त्री र मन्त्री भर्ना भएको अस्पताललाई भुक्तानी गर्नेछ।

८। दैनिक तथा भ्रमण भत्ता स् ९१० मुख्यमन्त्री र मन्त्रीले सरकारी कामको सिलसिलामा नेपालभित्र भ्रमण गर्दा पाउने दैनिक तथा भ्रमण भत्ता अनुसूची(१ मा उल्लेख भए बमोजिम हुनेछ।
९२० मुख्यमन्त्री र मन्त्रीले सरकारी कामको सिलसिलामा वा नेपाल सरकारको तर्फबाट विभिन्न समारोह, उत्सव, सम्मेलन आदिमा भाग लिन नेपाल बाहिर भ्रमण गर्दा पाउने दैनिक तथा भ्रमण भत्ता अनुसूची(१ मा उल्लेख भए बमोजिम हुनेछ।

९।      चाडपर्व खर्च स् ९१० मुख्यमन्त्री र मन्त्रीले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाउने चाडपर्वको लागि आफूले खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रुपमा पाउनेछन्।
९२० उपदफा ९१० बमोजिमको रकम मुख्यमन्त्री र मन्त्रीले एक आर्थिक वर्षमा एकपटक आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाउने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन  सक्‍नेछन् ।

१०। बीमा सुविधा स् मुख्यमन्त्री र मन्त्रीलाई सरकारी कामको सिलसिलामा भ्रमण गर्दा दश लाख रुपैँया बराबरको बीमा सुविधा प्राप्त हुनेछ।

११। नेता भत्ता स् मुख्यमन्त्री तथा मन्त्रीले नेताको रुपमा विदेश जाँदा आफूले पाउने दैनिक भत्ताको पचास प्रतिशतमा नबढाई प्रदेश सरकारले तोके बमोजिमको रकम नेता भत्ता बापत पाउनेछन्।

१२। निजी सचिवालयको व्यवस्था स् ९१० मुख्यमन्त्री र मन्त्रीको काममा सहयोग पुर्‍याउन अनुसूची(२ बमोजिमको संख्यामा कर्मचारीहरु रहने गरी निजी सचिवालयको व्यवस्था हुनेछ।
९२० मुख्यमन्त्री र मन्त्रीलाई आफ्नो कार्यकालभरको लागि निजी सचिवालयको लागि आवश्यक पर्ने फर्निचर र कार्यालय सामानको व्यवस्था प्रदेश सरकारले गर्नेछ।
९३० उपदफा ९२० बमोजिमका फर्निचर तथा स्थायी जिन्सी सामानहरु मुख्यमन्त्री र मन्त्रीले आफ्नो कार्यकाल समाप्त भएको सात दिनभित्र फिर्ता बुझाउनु पर्नेछ।

१३।मसलन्द तथा अतिथि सत्कार खर्च स् ९१० मुख्यमन्त्री र मन्त्रीको निजी सचिवालयको लागि आवश्यक मसलन्द तथा अतिथि सत्कार खर्चको रकम प्रदेश सरकारले तोके बमोजिम हुनेछ।
९२० उपदफा ९१० बमोजिम प्राप्त मसलन्द तथा अतिथि सत्कार खर्चको बिल भौचर बुझाउनु पर्ने छैन।

१४। अङ्ग रक्षक र गार्डको सुविधा स् मुख्यमन्त्री र मन्त्रीलाई आवश्यक पर्ने अङ्ग रक्षक र गार्डको सुविधा प्रदेश सरकारले तोके बमोजिम हुनेछ।

१५। शपथ स् मुख्यमन्त्री र मन्त्रीले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसूची(३ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ।

१६।     सुविधा लागू हुने स् मुख्यमन्त्री तथा मन्त्रीले यस ऐन बमोजिम पाउने सुविधा शपथ गरेको मिति देखि पाउनेछन्।

१७। अनुसूचीमा हेरफेर स् प्रदेश सरकारले अनुसूचीमा आवश्यक संशोधन तथा थपघट गर्न सक्नेछ।अनुसूची(१
९दफा ३ को उपदफा ९१०, दफा ५ को उपदफा ९१० र दफा ८ सँग सम्बन्धित०
मुख्यमन्त्री तथा मन्त्रीको सुविधा सम्बन्धी व्यवस्था
क्र।सं।सुविधाको प्रकारइकाई दरमुख्यमन्त्रीमन्त्रीराज्य मन्त्रीसहायक मन्त्री
१।पारिश्रमिकमासिक रुपैंया६०,९७०।(५८,०००।(५७,०००।(५६,०००।(
२।दैनिक तथा भ्रमण भत्ता ९नेपाल भित्र०प्रति दिन रुपैया ३,०००।(

३,०००।(३,०००।(३,०००।(
३।दैनिक तथा भ्रमण भत्ता ९नेपाल बाहिर०प्रति दिन अमेरिकी डलर २२५।(२२५।(२२५।(२२५।(
४।सवारी मोटर ९वटा०२१११
५।सवारी इन्धन पेट्रोललिटर९मासिक०३४०२६५२३०२००
६।मोविललिटर९त्रैमासिक०१०५५५

द्रष्टव्यस्
मुख्यमन्त्री र मन्त्रीले नेपाल बाहिर भ्रमण गर्दा पाउने दैनिक तथा भ्रमण भत्ता प्रयोजनको लागि स्(
१।  युरोपियन मुलुकहरु, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हङ्गकङ्ग, रुस, कतार, जाम्बिया, यू। ए। ई।, सिंगापुर, लेवनान, बहराइनको भ्रमण गर्दा माथि उल्लिखित दरमा तेत्तीस प्रतिशत थप रकम दिइनेछ ।
२।  भारतको चेन्नइ, हैदरावाद, बैंगलोर, मुम्बई, दिल्ली, कोलकाता, बङ्गलादेशको ढाका र चटगाउँ बाहेक अन्य स्थानमा रात विताउनु पर्दा माथि उल्लिखित दरको पचास प्रतिशत रकम मात्र दिइनेछ।
अनुसूची(२
९दफा १२ को उपदफा ९१० सँग सम्बन्धित०
मुख्यमन्त्री र मन्त्रीको निजी सचिवालयमा रहने कर्मचारीको व्यवस्था
क्र।सं।सचिवालयमा रहने कर्मचारीको विवरण मुख्यमन्त्रीमन्त्रीराज्य मन्त्रीसहायक मन्त्री
१।स्वकीय सचिव ९उपसचिव स्तर० १ १११
२।स्वकीय अधिकृत११((
३।प्रशासन सहायक११११
४।कम्प्युटर सहायक१(((
५।सवारी चालक११११
६।कार्यालय सहयोगी२१११
श्रोत: नागरिक संवाद धनकुटा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।