दिलुङटार धनकुटामा ३ हजार १ सय ५२ अबैद्य गाँजा बोट फडानी

धनकुटा खबर । प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित दिलुङटारमा गाँजा फडानी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले अबैद्य रुपमा किसानले लगाएको ३ हजार १ सय ५२ बोट गाँजाको बोट काटेको हो ।

गाँजा खेती गरेको सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रती र प्रहरी उपरीक्षक सुदिप राजभण्डारीको नेतृत्वमा गाँजा फंडानी गरेको प्रहरीले जानकारी दिएको छ ।

धनकुटामा हरेक बर्ष गाँजा फडानी गरे पनि किसानहरुले आफै उम्रेको विरुवा भन्दै खेती योग्य जमिनमा गाँजा रोपिरहेको प्रहरी उपरीक्षक भण्डारीले बताए ।

धनकुटाको खाल्सा छिन्ताङ शहीदभुमी र साँगुरीगढी गाउँपालिकाको विभिन्न बस्तीमा गाँजा खेती रहेको प्रहरीको रेकर्ड रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।