१ नं. प्रदेशबाटै म्यादी प्रहरीमा मागको ८० प्रतिशत आवेदन ! कुन जिल्लामा कति ?
धनकुटा खबर । आसन्न प्रदेश र केन्द्रको चुनावका लागि सरकारले देशभरका लागि माग गरेको म्यादी प्रहरीको कुल दरबन्दीको ८० प्रतिशत आवेदन प्रदेश नं. १ बाटै परेको छ ।
कुल ६८ हजार २ सय ६४ जना म्यादी प्रहरीको दरबन्दीमा प्रदेश नं. १ बाट मात्र ४६ हजार ३ सय २ जनाले आवेदन दिएका छन् ।
प्रदेश नं.१ का १४ जिल्लाहरुका लागि माग भएको १६ हजार ८ सय १८जनको दरबन्दिमा उक्त आवेदन परेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी शिव कुमार पोखरेलले दिएको जानकारी अनुसार म्यादीमा आवेदन दिने पुरुषको संख्या ३५ हजार ६ सय ६० र महिलाको संख्या १० हजार ६ सय ४२ रहेको छ ।
प्रदेश नं. १ का कुन जिल्लामा कति आवेदन

तस्वीर : १४ जिल्लाको म्यादी तथ्यांक


