‘भारत-पाकिस्तान द्वन्द्वले सार्कका गतिविधि प्रभावित हुनु हुन्न’

काठमाडौँ, १० कात्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र हुनु पर्नेमा जोड दिएका छन् ।

यहाँस्थित पाकिस्तानी राजदूतावासमा आज आयोजित ‘क्षेत्रीय शान्ति र विकास’ विषयक छलफल कार्यक्रममा उनले स्थगन भएको सम्मेलन आयोजना गर्न पाकिस्तान दृढ रहेको बताए ।

सार्कलाई गतिशील तुल्याउनु सबै सदस्य मुलुकको कर्तव्य भएको भन्दै उनले क्षेत्रीय सहयोगका निम्ति सहकार्य अपरिहार्य भएको बताए।

आर्थिक विकास एवं समृद्धि, व्यापार प्रवद्र्धन, सदस्य देशबीच जनस्तरको सम्पर्क विस्तार, जल, स्थल र हवाइ मार्गबाट एकापसमा सम्बन्ध एवं सम्पर्क स्थापनाबाटै दक्षिण एशियामा दिगो शान्ति र प्रगति सुनिश्चित हुने राजदूत जावेदको कथन थियो ।

पूर्व राजदूत विष्णुहरि नेपालले द्विपक्षीय विषयलाई लिएर सार्क प्रक्रियामा अवरोध हुन नहुनेमा जोड दिँदै सार्कको अध्यक्ष नेपालले १९औँ शिखर सम्मेलन आयोजनाका निम्ति आवश्यक प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए । पत्रकार राजन कार्कीले भारत–पाकिस्तान द्वन्द्वले सार्कका गतिविधि प्रभावित हुन नहुनेमा जोड दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।