देउसी-भैलोबाट एक लाख भन्दा वढि आर्थिक संकलन
धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका वडा न.५ बोधे स्थित बज्रमाईमा रहेको आमा समुहमा आवद्ध महिलाहरुले देउसी भैलोवाट एक लाख भन्दा वढि आर्थिक संकलन गरेका छन् ।

फाईल फोटो
तिहारको अवसरमा आमा समुहले सञ्चालन गरेको देउसी भैलोवाट १ लाख ४१ हजार ७ सय २५ रुपैया संकलन भएको आमा समहुका अध्यक्ष गंगा वस्नेतले वताउनुभयो ।
देउसीभैलोवाट संकलन गरिएको रकम आमा समुहले साविक वोधे गाविस ५ मा रहेको शिवमन्दिर निमार्णमा खर्च गर्ने अध्यक्ष वस्नेतले वताउनुभयो ।


