धनकुटामा नागरिकता तथा व्यक्तिगत घटना दर्ता सम्वन्धि छलफल

धनकुटा खबर, धनकुटा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुसँग नागरिकता तथा व्यक्तिगत घटना दर्ता सम्वन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । धनकुटा नगरपालिका तथा महिला, कानुन र विकास मञ्चको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा नागरिकता सम्वन्धिको व्यवस्था तथा व्यक्तिगत घटना दर्ता सम्वन्धि छलफल गरिएको छ । धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला वस्नेतको अध्यक्षतामा भएको छलफल कार्यक्रममा अधिवक्ता पुनदेवी महर्जनले नागरिकताको अवधारणा, नागरिकता सम्वन्धि संविधानमा व्यवस्था भएका कुराहरु तथा नागरिकता प्राप्तिका लागी पुरा गर्नुपर्ने प्रावधानहरुको वारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरि अधिवक्ता सुष्मा गौतमले नागरिकता सम्वन्धि मुद्धा र सर्वाेच्च अदालतको फौसला सम्वन्धि प्रस्तुती सहित जानकारी गराउनुभएको थियो भने केन्द्रिय पञ्जिकरण विभागका निर्देशक विशाल भारद्धाजले व्यक्तिगत घटना दर्ता सम्वन्धि जानकारी गराउनुभएको थियो । छलफल कार्यक्रममा सहभागि धनकुटा नगरपालिकामा नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु र वडा सचिवहरुहरुले नागरिकताका लागी वडावाट गर्नुपर्ने सिफारिसको क्रममा देखिएका समस्या तथा व्यक्तिगत घटना दर्ता सम्वन्धिका विभिन्न जिज्ञासा राखेका थिए ।

साथै सहभागिहरुले व्यक्तिगत घटना घटेको ३५ दिन भित्र सम्वन्धित कार्यालयमा गएर जन्म, मृत्यु, विवाह, वसाईसराई जस्ता व्यक्ति गत घटना दर्ता नगर्दा नागरिकता सिफारिस सहित नागरिकता प्राप्त गर्नका लागी आम विभिन्न प्रकारका समस्या हुने गरेकाले यसतर्फ सवै सचेत हुन आवश्यक रहेकोमा जोड दिएका छन् । सो अवसरमा वोल्नुहुदै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले नागरिकता प्राप्त गर्नका लागी आवश्यक प्रमाणका आधारमा सिफारिस भए नागरिकता प्राप्त गर्न कुनै पनि नागरिक वञ्चित हुनु नपर्ने वताउनुभयो ।

छलफल कार्यक्रममा धनकुटा नगरपालिकाका प्रशासकिय अधिकृत डम्वर रोगु, वडा अध्यक्षहरुको तर्फवाट धनकुटा नगरपालिका वडा न.१ का वडा अध्यक्ष निरेन तामाङ्ग,वडा सचिवहरुको तर्फवाट चन्द्रकला पाण्डे लगायतले आ –आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रमका कार्यक्रमको उद्देश्य सहित सञ्चालन अधिवक्ता हिमादेवी वस्नेतले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।