उठाउने बेला भएको धान असिनाले झारेपछि किसानहरु चिन्तित

धनकुटा खबर । धान पाकेर उठाउने वेला भएको समयमा असिनाले धान झारेपछि धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ किसानहरु चिन्तित भएकाछन् ।

आज अपराहन्न ४ वजे देखी आधा घण्टा सम्म परेको अविरल वर्षात सँगै करिव १५ मिनेट लगातार झरेको असिनाले धान झारेर क्षती पुर्याएको हो ।

असिनाले आफुहरुको धान खेतीमा ठूलो क्षती पुर्याएको स्थानीय कृषक लील वहादुर श्रेष्ष्ठले वताउनुभयो । श्रेष्ठले करिव ४० रोपनी जग्गामा धान खेती गर्दै आउनुभएको छ ।

उहाँका अनुसार २ नं क्षेत्रमा झण्डै ४ हजार रोपनी क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ ।

मुख्य वालीकै रुपमा धान खेती गर्दै आएका त्यहाँका किसानहरु त्यसरी असिनाले वाली झारेपछि निराश भएको कृषक श्रेष्ठको भनाई छ ।

त्यहाँका किसानकोे धान भित्र्याउने समय यही कार्तिक महिना मुख्य हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।