६ महिना अघि भत्केको सडक मर्मत सम्हार नहुंदा जोखिम पूर्ण यात्रा गर्न बाध्य

धनकुटा खबर । सुख्खा पहिरोले कटान गरेको सडक लामो समय सम्म पनि मर्मत सम्हार नहुदा धनकुटाको सागुरीपगढी गाउँपालिका वडा नं ७ र ८ का स्थानीय वासिन्दा जोखिम पूर्ण यात्रा गर्न वाध्य भएकाछन् ।

भेडेटार देखी महाभारत सम्म जाने कच्ची सडकखण्ड अन्र्तगत भेडेटार भ्यूटावर भन्दा केही मूनिको करिव २ मिटर सडक ६ महिना अघि नै सुख्खा पहिरोले कटान गरेको हो । तर पहिरोले सडक कटान गरेको लामो समय भईसक्दा पनि मर्मत सम्हारमा सम्वन्धित निकायले चासो नदिएको सडक उपभोक्ता समितिका सचिव ईन्द्र वहादुर राईले वताउनुभएको छ ।

पहिरोले सडक कटान गरी सागुरो वनाए सँगै आवत जावतमा निक्कै समस्या वेहोर्नु परेको सागुरीगढी ७ का स्थानीय भक्त वहादुर राईको गुनासो छ ।

त्यस्तै वाटो सागुरो भएपनि अन्य वैकल्पिक सडकहरु नहुदा जोखिम मोलेरै यात्रा गर्न वाध्य हुनुपरेको स्थानीय गाडी चालक महेश राईले वताउनुभयो ।

त्यस वडाको स्पथानीयले उत्पादन गरेको कृषी जन्य वस्तु धरान वजार सम्म पुर्याउन र स्थानीयले उपभोग गर्ने खाद्यय सामाग्री धरानवाट ल्याउने त्यो मुख्य सडकमार्ग भएको स्थानीयले वताएकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।