सिम्सुवाबासी भए मालामाल ! कारण यस्तो छ…
धनकुटा खबर । कुनै बेला सुनसान जंगलको रुपमा रहेको धनकुटाको साँगुरीगडी गाउँपालका स्थित सिम्सुवाबासीहरु अहिले मालामाल बनेका छन् ।

तस्वीर : झरनाको प्रवेशद्धारमा निर्माणाधीन होटल
२०६५ साल सम्म सुनसान रहेका उक्त क्षेत्रमा पर्यटकहरुको आगमन संगै होटल खुलेर रातारात बजारमा परिण हुन थालेपछि सिम्सुवाबासीहरुमा रौनकता छाएको छ ।
उक्त स्थानको पर्यटन प्रवद्र्धन संगै सो क्षेत्रमा हाल दजर्न भन्दा बढी होटलहरु सन्चालनमा आउने क्रम जारी रहेको झरना ब्यबस्थापन समितिका अध्यक्ष दिलिप लिम्बुले जानकारी दिए ।
उनले भने,‘शुरुमा जंगल हुंदा छाप्री दोकान पनि चल्दैन थियो तर अहिले जताततै घर–भडेरी र होटलहरुले बजार भएको छ ।’
२०६७ साल सम्म जंगल रहेको उक्त क्षेत्रमा अहिले हाल न्यूनतम १० लाख देखि ५० लाख सम्मका होटलहरु सन्चालनमा आईरहेकोे लिम्बुले बताए ।
पर्यटकहरुको चाप र मागले होटल खोल्ने क्रम बडेपछि उक्त क्षेत्रको जमिनको मूल्यमा समेत १० औं गुणा भन्दा बढीले बृद्धि उनले बताए ।
कुनै बेला २÷४ सयको पनि ब्यपार नहुने उक्त स्थानमा हाल पर्यटकहरुको आगमन संगै प्रत्येक होटलहरुले दैनिक ३० हजार सम्मको कारोबार गर्ने गरेको उक्त क्षेत्रका होटल ब्यबसायीले जानकारी दिएका छन् ।
कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डको पहुंचमा रहेको उक्त झरना हेर्न नेपाल र भारतबाट दैनिक १ हजार र बिदाकाृ समयमा २ हजार भन्दा बढी पर्यटकहरु आउने गरेको झरना ब्यबस्थापन समितिले जानकारी दिएको छ ।


