विप्लवका जिल्ला सचिवले गरे पाटी परित्याग !
धनकुटा खबर । बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव प्रकाश राई(सन्जय)ले पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सचिव राईले पत्रकार सम्मेलन मार्फत् बिज्ञप्ती जारी गरी पूर्व पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा समाहित भएको जानकारी दिएका छन् ।

बिज्ञप्तीमा भनिएकोछ–‘नेपाल कम्युनिष्ट पार्टीको (डिसीएस) पद त्यागेर नेकपा माओवादी केन्द्रमा समाहित भएको जानकारी गराउँद छु ।’
जनयुद्ध पछिको समयमा माओवादी पार्टीमा आफूले राख्दै आएको बिभिन्न ९ बुंदे फरक मत मध्ये ‘बाम ध्ूविकरण’को बिषय माफ्नो माग संग मेल खाएकोले आफू नेकपा माओवादीमा समाहित भएको राईले बताए ।
कार्यक्रममा राईलाई जिल्लाका कार्यवाहक ईन्चार्ज गणेश राई(उज्ज्वल) सचिवालय सदस्यहरु सन्देश बिहानी,ऋषिराम ढुंगाना लगाएतका नेता÷कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
ईन्चार्ज राईले युद्धकालिन मुद्धालाई सत्य निरुपण तथा मेलमिलाप आयेगबाट समधान गर्नुपर्ने भएता पनि राजनैतिक प्रतिशोधमा बालकृष्ण ढुंगेललाई जेल हालिएकोमा तत्काल रिहाईको लागि माग गरेका छन् ।


