५ बर्ष पछि नेपाली चिया जन्मिने !
धनकुटा खबर । अब ५ बर्ष पछि नेपालको आफ्नै चिया जात तयार हुने भएको छ ।
धनकुटाको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रिबास स्थित राष्ट्रिय व्यवसायिक कृषि कार्यक्रमले अनुसन्धान शुरु थालेपछि अब नेपालमा आफ्नै चिया जात तयार हुने देखिएको हो ।
१० बर्ष सम्म कुनै काम गर्न नसकेको केन्द्रबाट गत सालबाट अलग भएर नेपाल कृषि अनुसन्धान परिषद् अन्र्तगत छुट्टै कार्यालय स्थापना गरिएको कार्यक्रमले असारबाट उक्त अनुसन्धान शुरु गरेको छ ।
कार्यक्रमले ईलेक्टोनिक ड्रायर र रोलिङ्ग मेसिन राखेर अर्थोडक्स चियाको गुण परिक्षण संगै अनुसन्धान शुरु गरेको कार्यलयका निमित्त प्रमुख महेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
१० लाखको लागतमा ३६ केजी हरीयो चिया प्रशोधन गर्न सक्ने उक्त मेसिनले धनकुटा र बिभिन्न जिल्लामा उत्पादन भएका चियाको गुणको बारेमा अनुसन्धान गर्ने यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘यो अनुसन्धानले आफ्नै गुण र जात भएको नेपाली चिया उत्पादन गर्नेछ ।’
आवश्यक दरबन्दी पुराभए अनुसन्धानले आगमी ५ बर्ष भित्रमा चियाको आफ्नै जात तयार गरेर बिश्व बजारमा नेपाली चियाको जात नभएर भएको समस्यालाई समधान गर्ने यादवको भनाई छ ।
१६ जनाको दरबन्दीमा हाल ७ जनाले धनकुटा र ईलामको ३ स्थानमा अर्थोडक्स चियाको अनुसन्धानमा शुरु गरेको कार्यक्रममले जानकारी दिएको छ ।
‘दरबन्दी पुरा भएपछि आगामी दिनमा झापाको सिटिसी चिया र आवश्यकता अनुसार देशभरीको चियामा अनसुन्धान गर्नेछौं’– यादवले बताउनुभयो ।
बि.स.२०३९ सालबाट तत्कालिन राजा वीरेन्द्रले चिया क्षेत्र घोषणा गरेका पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लामा हाल १४ हजार ७ सय ३२ हेक्टरमा व्यबसायीक चिया खेती हुदै आएको छ ।
जसमा धनकुटामा ५ सय १४ हेक्टरमा चिया चिया खेती रहेको कफी बोर्ड हिलेको तथ्यांक छ ।
हाल नेपाली चियाको आफ्ै जात नहुंदा नेपालबाट बिश्व बजारमा जाने चिया दाजिलिङ्ग,तिब्बत चियाको नाममा निर्यात् हुनेगरेको छ ।



