तमोर नदीमा र्याफ्टिङ्ग शुरु !
धनकुटा खबर । सेतु एडभेन्चर प्रा.लि.धरानले हरेक बर्ष झैं धनकुटाको तमोर नदीमा जल–यात्रा (¥याफ्टिङ्ग)सेवा शुरु गरेको छ ।

उक्त रोमाञ्चक जल–यात्राको लागि प्रति ब्यक्ति रु ३ हजार तिरेर एक दिनको जल–यात्रा गर्न सक्ने सन्चालक सेतु सिलवालले जानकारी दिनुभयो ।

एक पटकमा दुई वटा बोटबाट १६ जनालाई धनकुटाको मुलघाट देखि ३४ किलोमिटर सुनसरीको चतरा सम्म जल–यात्रा गराईने सिलवालले जानकारी दिनुभयो ।
जलयात्रा (र्याफ्टिङ्ग)का लागि नेपालको तीन उत्कृष्ट नदी मध्ये तेस्रो स्थानमा पर्ने यो नदीमा ¥याफ्टिङ्ग सेवा दिने संस्थाको संख्या सेतु प्रा.लि.संगै तीन पुगेको छ ।

तस्वीर : जल यात्रीहरुलाई यात्रा सम्बन्धि जानकारी दिंदै गाईड र ¥याफ्टिङ्गको मजा दिंदै जल–यात्रीहरु


