धनकुटा राजधानी भएपछि  सर्वसाधारणले गरे दिपावली

धनकुटा खबर । सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी धनकुटालाई तोकेपछि खुसीयालीमा धनकुटा बजारबासीले खुशीयाली मनाएका छन् ।

तस्वीर : अस्थायी प्रादेसिक राजधानी घोषणा पछि धनकुटामा गरिएको दिपावली ।

बजारबासीले स्वस्फुर्त रुपमा धनकुटामा दिपावली गरेर खुसीयाली मनाएका हुन् ।

धनकुटा बजारको मदनचौक, चुवाकोबोट, हुलाटोल, सिरानबजार, तल्लो कोप्चे, हिले, ओरेन्ज सिटी, भीमनारायण चौकमा भेला भएर दिपावली गरेका छन् ।

त्यस्तै सवै घरले पेटीमा दिप बालेर बजार उज्यालो परेका छन् ।
धनकुटालाई प्रदेसको राजधानी तोक्न माग गर्दै काठमाडौ सम्म लविङ गर्न पुगेका धनकुटाबासी हर्षित भएका छन् ।

धनकुटालाई राजधानी माग गर्ने टोलीको नेतृत्व गरेका धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेस घिमिरेले जिल्लाबासीको अनुरोधलाई सरकारले स्वीकार गरेर अस्थायी घोषणा गरेपनि अव स्थायी राजधानी बनाउन चुनौति रहेको बताए ।

सरकारको उक्त निर्णयलाई धनकुटाका बिभिन्न राजनैतिक दलहरुले बिज्ञप्ती जारी गरेर स्वागत गरेका छन् ।

धनकुटालाई राजधानी बनाउन बजारबासीले पटकपटक आन्दोलन गर्दै आएका थिए ।

धनकुटामा ३ सय ९१ वटा सरकारी भवन, शहरी विकासको नाममा करिव ३ सय रोपनी जग्गा, विद्युत प्राधिकरणको दुई र धनकुटा नगरपालिका स्वामित्वमा ४८ हजार ६ सय ३५ रोपनी सार्वजनिक जग्गा रहेको छ ।

राणा शासनकालको मुख्य गौडा र पन्चायतकाल पुर्वाञ्चलको सदरमुकाम रहेको धनकुटा बहुदलीय प्रजातन्त्र आएपछि ओझेलमा रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।