प्रदेश नं.१ अन्तर्गतका ८ जिल्लाका ब्यबसायीलाई ब्यसाय जन्य प्रशिक्षण
धनकुटा खबर । प्रदेश नं.१ अन्तर्गतका ८ जिल्लाका कृषि र पशुपालन आवद्ध किसान, ब्यपारी र उद्योगीहरुलाई ब्यसाय जन्य शुरक्षा तथा स्वास्थ्य (ओएसएच)सम्बिन्धि प्रशिक्षण दिईएको छ ।

डेनमार्क सरकारको उन्नती परियोजना अन्तर्गत नेपाल उद्योग बाणिज्य महासंघ मार्फत् उद्योग बाणिज्य संघ धनकुटाको आयोजनामा २ दिने प्रशिक्षण दिईएको हो ।

प्रशिक्षणमा अलैची,अदुवा,चिया र दुधको क्षेत्रमा उन्नती परियोजना सन्चालन भईरहेका धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, पाँचथर, ईलाम सहित झापा जिल्लाका सरोकारवालाहरुलाई उक्त उक्त प्रशिक्षण दिईएको हो ।
शुरक्षित ब्यबसाय मार्फत् उद्योगहरुको उत्पादकत्व क्षमता बढाउन सहयोग पु¥याउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको उवा उद्योग बाणिज्य संघ धनकुटाका उमेश भिमिरेले जानकारी दिए ।
शनिबार र आईतबार सम्पन्न उक्त प्रशिक्षमा प्रशिक्षक दिनेश प्रसाद शाहले ब्यसाय जन्य शुरक्षा तथा स्वास्थ्यको आवश्यकता,प्रयोग र फाईदा र अधिवत्ता चन्द्रप्रसाद दाहालले वर्तमान नयाँ श्रम ऐनका बारेमा प्रशिक्षण दिएका थिए ।
उक्त प्रशिक्षणले उद्योगहरुलाई २० प्रतिशत सम्म आफ्नो उत्पादकत्व बढाउन सहयोग पु¥याउने बाणिज्य महासंघका उप–निर्देशक हंशराम पाण्डे बताए ।


