धनकुटाका सातै तहमा बाम भेला !

धनकुटा खबर । धनकुटाका सातवटै स्थानिय तहमा आज संयुक्त वामगठवन्धनको भेला सम्पन्न भएको छ । आगामि मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिभाको निर्वाचनमा संयुक्त वामगठवन्धनका उम्मेदवारलाई विजयी गराउने अभियान अन्र्तगत संयुक्त वामगठवन्धनको भेला जिल्लाका सात वटै स्थानिय तहमा आयोजना गरिएको हो । धनकुटा नगरपालिका,पाख्रिवास नगरपालिका,महालक्ष्मी नगरपालिका,चौविसे गाउँपालिका,छथरजोरपाटी गाउँपालिका र खाल्सा छिन्ताङ्ग शहिदभुमि गाउँपालिमका आज एकैसाथ भेला सम्पन्न भएको हो ।

धनकुटाको चौविसे गाउँपालिकामा भएको संयुक्त वामगठवन्धनको भेलावाट निर्वाचन परिचालन कमिटि तथा निर्वाचन प्रचारप्रसार कमिटि गठन गरिएको छ । नेकपा एमाले सचिवालय सदस्य एवं समानुपातिक उम्मेदवार विना राई संयोजक र नेकपा माओवादी केन्द्रका ममिन्द्रकुमार लिम्वु सहसंयोजक रहनुभएको ७ सय ८५ सदस्यि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमुल परिचालन कमिटि गठन गरिएको छ ।

यसैगरि नेकपा एमालेका खजिन्द्र राई सयोजक तथा नेकपा माओवादी केन्द्रका दलवहादुर मगर सहसंयोजक रहनुभएको ७५ सदस्यि निर्वाचन प्रचारप्रसार कमिटि गठन गरिएको छ । नेकपा माओवादी केन्द्र धनकुटाका सचिवालय सदस्य आधुनिक देवानको अध्यक्षतामा भएको भेलालाई सम्वोधन गर्ने वक्ताहरुले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ संयुक्त वामगठवन्धनका उम्मेदवारलाई सुर्य चिन्हमा र समानुपातिक तर्फ पार्टीको आ आफ्नै चिन्हमा मतदान गरि विजयी आह्वान गरेका छन् ।

भेलाका अवसरमा वोल्नुहुदै प्रतिनिधिसभाका उम्मेदवार निरन राईले आफूले चुनाव जितेपछि चोबिसे क्षेत्रका बिभिन्न ३ बिषयको प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रममा बोल्दै राईले राईले प्रचुर सम्भावना रहेको चौबिसे क्षेत्रका आर्थिक, सामाजिक तथा साँस्कृतिक पर्यटन प्रवद्र्धनमा योजना बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । आधुनिक कृषि र बजार ब्यबस्थापन गरेर कृषकहरुका जीवन स्तर उकास्ते र चौबिसे क्षेत्रको भाषा÷संस्कृति स.रक्षण गर्न पाठ्यक्रम तयार गरेर बिद्यालयमा पढाउने ब्यबस्था मिलाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

भेलालाई संयुक्त वामगठवन्धन धनकुटाका संयोजक तथा नेकपा माओवादी केन्द्र धनकुटाका कार्यवहाक ईन्चार्ज उज्जवल किराती ,नेकपा एमाले जिल्ला कमिटि धनकुटाका उपाध्यक्ष एव्ां वामगठवन्धनका सदस्य दुर्गा लिङ्गखा,नेकपा एमालेका समानुपाति उम्मेदवार विना राई,नेकपा माओवादी केन्द्रका कुशुमकुमारी श्रेष्ठ,नेकपा एमाले जिल्ला कमिटि धनकुटाका प्रचार विभाग प्रमुख एवं वामगठवन्धनका सचिव नैन विश्वकर्मा लगायतले सम्वोधन गर्नुभएको थियो ।

भेलामा स्वागत मन्तव्य नेकपा एमाले चौविसे गाउँपालिका निर्वाचन प्रचारप्रसार कमिटि सचिव यज्ञकुमारी रुचालले राख्नुभएको थियो भने सञ्चालन गाउँ कमिटि सचिव राजकुमार चेम्जोङ्गले गर्नुभएको थियो ।

खाल्सा छिन्ताङ्ग सहिदभुमि गाउपालिकाको छिन्ताङ्ग स्थित पिप्ले डाडाँमा आज संयुक्त वाम गठबन्धनको भेला सम्पन्न भएको छ। नेकपा एमाले खाल्सा छिन्ताङ सहिदभुमि गाउँ कमिटिका संयोजक वंगला राईको अध्यक्षतामा भएको संयुक्त भेलाले प्रदेशसभा र प्रतिनिधीसभाको चुनावि रणनीतिका बारेमा छलफल गदै चुनाव प्रचार प्रसार कमिटि गठन गरेको छ। भेलाले गाउँपालिकाका अध्यक्ष मनोज राई संयोजक र माओवादी केन्द्रका सचिवालय सदस्य भरतसींह राई सहसंयोजक रहनुभएको चुनाव प्रचारप्रसार समिति गठन गरेको छ।

चुनाव प्रचारप्रसार समितिमा नेकपा एमाले जिल्ला कमिटिका सदस्यहरु,माओवादी केन्द्रका जिल्ला सदस्यहरु,गाउँपालिकाका वडा अध्यक्षहरु लगायत सय भन्दा वढि सदस्य रहनुभएको छ। सो भेलामा नेकपा एमाले जिल्ला कमिटि धनकुटाका सचिवालय सदस्य अर्जुन राई,रुपलाल राई,जिल्ला सदस्य बम राई,माओवादी केन्द्र धनकुटाका सचिवालय सदस्य प्रकास राई,प्रेम राई ,सुस्मा किराति लगायतले बोल्नुभएको थियो ।

यस्तै महालक्ष्मि नगरपालिकामा सम्पन्न संयुक्त बाम गठनबन्धनको भेलाले विभिन्न समिति गठन गरेको छ। भेलाले नगरपालिकाका प्रमुख पर्शुराम नेपाल संयोजकत्वमा ५ सय १ चुनाव प्रचारप्रसार समिति गठन गरेको छ। समितिमा माओवादी केन्द्रधनकुटाका प्रेम खड्का सहसंयोजक रहनुभएको गरेको छ।
यस्तै नेकपा एमाले महालक्ष्मि नगर कमिटिका संयोजक इन्द्र पौडेल संयोजक र माओवदी केन्द्रका होमबहादुर थापा सहसंयोजक रहनुभएको ६६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरीएको छ। सो भेलामा प्रदेशसभा २ नं क्षेत्रका उम्मेरदवार इन्द्रमणी पराजुली,जिल्ला सम्मन्वय समिति धनकुटाका प्रमुख टंक चुहान,नगरपालिकाका प्रमुख पशुराम नेपाल, माओवादी केन्द्र धनकुटाका रुपक कार्की, नेकपा एमाले धनकुटाका तारा तुतिङ लगायतद्वारा विकास र समृदिका लागि बामगठबन्धन लाई मतदान गरेर जिताउन अपिल गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।