निर्वाचनलाई स्वच्छ, निर्भय र धाँधलीरहित बनाउन धनकुटाका पत्रकारहरुलाई आचारसहिंता तालिम

धनकुटा खबर । निर्वाचन सफल बनाउन  प्रभावकारी संचार आवश्यक रहेको भन्दै धनकुटाका पत्रकारलाई निर्वाचन प्रणाली र आचार संहिता बुझाउन तालिम संचालन गरिएको छ ।

दोस्रो चरण अन्तर्गत आगामि मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निर्भय र धाँधलीरहित बनाउन धनकुटाका पत्रकारहरुलाई तालिम दिइएको हो ।

पत्रकारहरु राजनैतिकदल, निर्वाचन कार्यालय, सुरक्षा निकाय र स्थानीय मतदाताहरुसँगको अधिक सम्पर्कमा रहने भएकाले सुरक्षाको अबस्था, मतदाताका सुविधा, गुनासा ब्यबस्थापन र निर्वाचन शिक्षाको प्रभावकारीता बढाउन संचारमाध्यम उपयोगी भएको भन्दै प्रकाशन, प्रशारण र अनलाइन मिडियामा आबद्ध ३० जना पत्रकारलाई तालिम दिइएको हो ।

तालिममा पत्रकारहरुलाई निर्वाचनको तयारी, धनकुटा जिल्लाको भौगोलिक अबस्था, निर्वाचन स्थल, केन्द्र र सुरक्षा संवेदनशिलताका बारेमा जानकारी गराइएको थियो ।

जिल्लाका सञ्चारकर्मीहरुका लागी आयोजित तालिमको उद्घाटन कार्यक्रममा वोल्नुहुदै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले निर्वाचन सम्वन्धि मतदातालाई आवश्यक पर्ने कुराहरुको वारेमा सञ्चारमाध्यम र सञ्चारकर्मीले सुसुचित गराउनु पर्ने वताउनुभयो । साथै उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समय भएकाले सर्वसाधारणसँग रहेका ईजाजत प्राप्त घरेलु हतियार प्रशासनलाई वुझाउन आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासघं धनकुटाका अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ,जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मी लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

यसैविच तालिममा सञ्चारकर्मीहरुलाई निर्वाचन सम्वन्धिको कानुनि व्यवस्था तथा जिल्लामा सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रम,मतदान प्रक्रिया तथा मतगणनाको वारेमा जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी गराउनुभएको छ ।

यस्तै नेपाल पत्रकार महासघं धनकुटाका उपाध्यक्ष एवं प्रशिक्षक नगेन्द्र राईले निर्वाचनमा सञ्चारमाध्यमको भुमिका,आचारसंहिता लगायतको वारेमा जानकारी गराउनुभएको छ ।

जिल्लामा निर्वाचन कार्यक्रम उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेसँगै उम्मेदवारहरुले चुनावप्रचारप्रसार शुरु गरेका छन् भने जिल्ला निर्वाचन कार्यालयले आगामि २६ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।