धनकुटामा एक महिलाको शव फेला !
धनकुटा खबर । धनकुटा नगरपालिका वडा नं ९ च्याङच्याङ वारीमा आज विहान एक महिलाको शव फेला परेको छ ।

सडक सरसफाईको लागि खटिएका कर्मचारीहरुले सडक सरसफाई गर्ने क्रममा होम पाईप नजिक अन्दाजी ३५ देखी ४० वर्ष जतिको महिलाको शव फेलापारेको मुलघाट प्रहरीले जनाएको छ ।
शवको अहिले सम्म कसैले जिम्मा जिम्मा नलिएकोले सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
मृत शव पोष्टमाटमका लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको छ ।


