ट्याक्टरको ठक्करबाट धनकुटामा पैदलयात्रीको मृत्यु !
धनकुटा खबर । धनकुटामा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
डुम्रे मुलघाट स्थित भित्री सड़क खण्डमा मे१त५९७ को ट्याक्टरको ठक्करबाट सांघुरीगढी गाउपालिका ३ डुम्रे निवासी ४८ बर्षीय शुक्र बहादुर याक्खा को मृत्यु भएको हो ।
घाईते याक्खालाई तत्काल ऊपचार का लागि धनकुटा अस्पताल ल्याऊने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले धनकुटा खबरलाई जानकारी दिएको छ ।
ट्याक्टर चालक मन कुमार राई र ट्याक्टर लाई मुलधाट प्रहरी ले नियन्त्रणमा लिएको छ ।


