धनकुटाको सिधुवामा ट्याक्टर दुर्घटना, ६ जना घाईते
धनकुटा खबर । धनकुटाको सिधुवा वजारमा आज ट्याक्टर दुर्घटना हुँदा आज ६ जना घाईते भएकाछन् ।
दिउँसो करिव साढे ३ वजे को २ त २८४३ नं ट्याक्टर दुर्घटना हुँदा घाईते भएकाहरुमा छथरगाउँपालिका नाम्जाङ्गका अन्दाजी ४५ वर्षका नरमाया तामाङ्ग, १८ वर्षका पूस्तिका तामाङ्ग,२४ वर्षका मञ्जु तामाङ्ग, ३५ वर्षका सुनिता तामाङ्ग र २ वर्षका मनिषा तामाङ्ग रहेको सिधुवा प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारको लागि विपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मझुवाटा कोठा सर्ने क्रममा घरायसीे सरसामान लिएर सिधुवा वजार आउदै गर्दा अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


