धनकुटा आईपुगेका उद्योग मन्त्री सुनिल थापाले भने,- एमाले विकास विरोधी र राष्ट्रघाती हो

धनकुटा खबर । वर्तमान सरकारका एक प्रभावशाली मन्त्रीले नेकपा एमालेलाई विकास विरोधी र राष्ट्रघाती भएको आरोप लगाएका छन् ।

सरकारका उद्योग मन्त्री सुनिलबहादुर थापाले धनकुटाको चौविसे गाउँपालिकास्थित राजारानीमा भएको एक कार्यक्रममा एमाले जस्तो विकास विरोधी अर कुनै पार्टी नभएको जिकिर गरे ।

धनकुटाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका मन्त्री थापाले अरुण तेस्रो बनाउन नदिने एमाले नै भएकाले एमाले जस्तो विकास विरोधी अरु हुन नसक्ने ठोकुवा गरे । ‘अरुण तेस्रो बन्न नदिन एमालेको ठूलो रोल छ’ उनले भने, ‘अरुण तेस्रो बनाउन एमालेले नरोकेको भए पूर्वेली जनताले अहिलेको जस्तो अन्धकारमा बस्नुपर्ने थिएन ।

‘धनकुटाको प्रदेश राजधानी बनाउन म कुनै कसर बाँकी राख्ने छैन’ उनले भने, ‘धनकुटेलीको चाहानालाई म जसरी पनि पूरा गरेर देखाउँछु ।’ उनले आफुले सांसद विकास कोषबाट भए पनि जिल्लाको विकासका लागि हरसम्भव प्रयास गरेको बताए ।
अहिले आफु प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएकाले धनकुटाको विकास र धनकुटालाई स्थायी राजधानी बनाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिन उनले आग्रह गरे । उनले भने, ‘जिल्लाको समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक छ ।’

राष्ट्रिय प्रजातनत्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्रीसमेत रहेका थापाले एमालेले वृद्धभत्ता आफुले दिएको भनेर गलत प्रचार गरिरहेको आरोप लगाए । उनले तत्कालीन समयमा राप्रपाका बसद्धिमान तामाङको प्रस्तावमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्धभत्ता वितरण प्रारम्भ गरेको बताए । अरु पार्टीका नेताको प्रस्तावमा दिइएको भत्तालाई सधैं आफुले दिएको भनेर एमालेले जनतालाई भ्रम छरिरहेको बताए ।
चौविसे गाउँपालिकाका लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा थापाले आफुले पहिले भोट माग्दा बाचा गरेका सबै पूरा गरेको र अहिले पनि सबै वाचा पूरा गर्ने प्रतिवद्धता जनाए ।

राजारानीमा भएको सो भेलामा प्रदेश नं. १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मनोहरनारायण श्रेष्ठले लाकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएकाले उच्च मनोवालका साथ निर्वाचनमा खट्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले धनकुटाको समग्र विकासका लागि पनि लोकतान्त्रिक समुहको जित आवश्यक रहेको बताए ।

चौविसे गाउँपालिकाका नेता तथा कार्यकर्ता सहभागी सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेद्वार कुमारबहादुर थापा, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष बलबहादुर राई, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार कमोड फागो, नेपाली कांग्रेस धनकुटाका सचिव तथा लोकतान्त्रिक गठबन्धनका प्रवक्ता विजय सन्तोषी राई लगायतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।