विप्लव नेतृत्व तीन कार्यकर्ता पक्राउ
धनकुटा खबर । निर्वाचनको विरुद्धमा गतिविधि गरेको पाईएको भन्दै धनकुटाको विभिन्न स्थानवाट नेपाल कम्युष्टि पार्टी विप्लव नेतृत्वको तीन जना लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पार्टीका जिल्ला सदस्य रञ्जित राई, स्थानीय कार्यकर्ता प्रेम कट्टेल र सदस्य कमल ओझा रहेका छन् ।
उनीहरु मध्ये जिल्ला सदस्य राई थलथलेवाट कट्टेल पाख्रीवासवाट र ओझा हिले वाट पक्राउ परेको जिल्ला प्रहरी कार्यलयका एसपी सुदिपराज भण्डारीले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यलय मै राखिएको एस पी भण्डारीले वताउनुभयो ।


