ग्याँस सिलिण्डरमै आगलागि भएपछि…
धनकुटा खबर, धनकुटा पाख्रीबास नगरपालिका ४ स्थित जालपादेवी बिध्यालय नजिक होटल ब्यबसाय गर्दै आएकी रुपा भट्टराईको घरमा आज ग्यास लिक भई सिलिन्डरमै आगलागि भएको छ ।

दिनको करिब १२ बजे ग्यासको रेगुलेटर नजिकैबाट आगो उत्पन्न भएपछि भट्टराईले ग्यासको चुल्हो सहित सिलिण्डर घिसार्दै बाहिर सडकमा ल्याएकोले अन्य क्षति हुन नपाएको प्रत्यक्षदर्शीको भनाई छ ।

प्रत्यक्ष दर्शी भन्छन,- आगोको लप्का यति थियोकी यदि सिलिण्डर घरभित्रै भएको भए निकै ठूलो क्षति हुनेथियो ।
अत्तालिएकी भट्टराई भन्छिन,- सिलिण्डरलाई घिसार्दै बाहिर निकालेको ले उस्तो क्षति भएन, धन्न बाचियो ।

दनदनी बलिरहेको सिलिण्डरमा स्थानियले पानी खन्याएर आगो नियन्त्रणमा लिएका थिए भने उक्त घटना हेर्नेहरुको निकै ठूलो भिड जम्मा भएको थियो ।
ग्यास बाल्नु अधि रेगुलेटर सहितरिकाले लागेनलागेको चेक नगर्दा यस्तो घटना घट्न गएको प्रत्यक्षदर्शीको अनुमान छ ।


