धनकुटामा अनलाईन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता प्रक्रिया शुरु
धनकुटा खबर । धनकुटा नगर कार्यपालिकाको १० वटै वडा कार्यलयहरुमा आजदेखी अनलाईन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता प्रक्रिया शूरु गरिएको छ ।
नगरपालिकाको १ नं वडा कार्यलय हिलेमा अनलाईन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता प्रक्रिया शूरु गरिएको जानकारी दिन आयोजित कार्यक्रममा वोल्दै धनकुटा नगर प्रमुख चिन्तन तामाङ्गले १० वटै वडामा यो सेवा शूरु भएको जानकारी गराउनुभएको हो ।
यो प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता प्रक्रिया आरम्भ भए सँगै जनसंख्याको एकीन गरी योजना निर्माण गर्न, बजेट तर्जुमा गर्न सेवाग्राहीलाई ब्यक्तिगत घट्ना दर्ता जस्तै जन्म,मृत्यू,बसाइसराइ,बिवाह दर्ता, सम्बन्ध बिच्छेद, लगायतका सबै कामहरु गर्न सहज हुने वताउनुभयो । उहाँले अनलाईन प्रणाली मार्फत सेवाग्रहीहरुले ३५ दिन भित्रै व्यक्तिगत घटना दर्ता गराए एक सय रुपैया प्रोत्साहन भक्ता दिने समेत तयारी भईरहेको जानकारी गराउनुभयो ।
नगर प्रमुख तामाङ्गको प्रमुख आतिथ्य तथा १ नं वडाध्यक्ष निरन तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा धनकुटा नगर कार्यपालिकाको प्रशासन प्रमुख टिका दत्त राईले अनलाईन प्रणाली पद्दती मर्फत ब्यक्तिगत घट्ना दर्ता गर्दा सिधै केन्दमा जानकारी हुने हुँदा सैद्घान्तिक पद्दती हटाई सरकारले यो पद्दती ल्याएको वताउनुभयो । साथै उहाँले यो सेवा नेपाल सरकारले नेपालको सबै वडा कार्यालयहरुमा बिस्तार गरिरहेको समेत जानकारी गराउनु भयो ।
कार्यक्रमकै अवसरमा आउदो मंङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभा सदस्यकोे निर्वाचन लाई लक्षित गरी सामाजिक परिचालक इन्दबिक्रम खड्काले मतदाता शिक्षा पनि प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख शकुन्तला बस्नेत, जिल्ला समन्वय समितिका सदस्य ओङ्द तामाङ्ग, धनकुटा उद्योग बणिज्य संघका अध्यक्ष उमेश घिमिरे, वडाका नव निर्वाचित सदस्यहरु,बिभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनीधि, हिलेका प्रहरी इञ्चार्ज यदु कुमार खड्का, विभिन्न संघ सस्थाका प्रतिनिधी उपस्थिति थियो ।


