तमोर सामुदायिक बन क्षेत्रमा डढेलो !
धनकुटा खबर । धनकुटा नगरपालिका ८ याक्चनामा रहेको तमोर सामुदायिक बन क्षेत्रमा आज मध्यान्हदेखि डढेलो लाग्न शुरुभएको सामुदायिक बनका अध्यक्ष बिश्वलाल राई र चुलि बन ईलाकाका प्रमुख सहायक बन अधिकृत रामबाबु यादबले जानकारी दिनुभयो ।

अकस्मात जङ्गलमा आगो सल्किएकाले यसरी बेलैमा डडेलो लाग्नाले राम्रो लक्षण नभएको र समयमै सबै सरोकारवालाहरु चनाखो र सर्तक रहनुपर्ने जिल्ला बन अधिकृत कृष्णप्रसाद वस्तीले जानकारी दिनुभयो ।
आसपासको बस्तिसमेत रहेकोले जोखिममा पर्नसक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय र बन कार्यलयबाट खटिएका प्रहरी, बन कर्मचारी र स्थानीयबासीलगायत परिचालित भएको स्थानियले जनाएका छन ।
आगलागीको कारण अहिलेसम्म खुल्नसकेको छैन । घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन ।


