धनकुटामा बिप्लब समुहको जिल्ला अध्यक्ष सहित पक्राउ संख्या ११ पुग्यो !
धनकुटा खबर । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका यज्ञ प्रसाद भण्डारी धनपा ३ कागते, जनक राई धनपा २ भिरगाउँ, हेम बहादुर मगर धनपा २ भिरगाउँ गरि सोमबार सम्ममा पक्राउ पर्नेको संख्या एघार पुगेको छ ।
निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा प्रहरीले भोजपुर र धनकुटाको बिचबाट बिप्लब समुहको जिल्ला अध्यक्ष आकास भनिने र नरजित राईगरि हिले हुदै पार्खिबास जाने बाटोबाट मोहन ओझालाई पक्राउ गरेको छ भने रन्जित राईलाई आँखिसल्ला थलथले र प्रेम कट्ेटललाई पार्खिबासमा पक्राउ गरिएको प्रहरि प्रमुख सुदिपराज भण्डारीले जानकारी दिनु भयो । खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला सदस्य राईले प्रयोग गर्दै आएको मे.३ प ११८० नम्बरको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिईएको छ । यसअघि पनि नेकपाका तीनजनालाई प्रहरीले धनकुटाका बिभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा जिल्ला सदस्य बिज्ञान भनिने मोहन ओझा, रञ्जित राई र प्रेम कटेल छन । ओझालाई हिले, राईलाई थलथले र कटेललाई पाख्रीवासबाट पक्राउ गरिएको प्रहरी प्रमुख राजभण्डारीले बताउनु भयो ।
पक्राउ परेका उनीहरु निर्वाचन पश्चात छुटेका थिए । निर्वाचन विरोधी गतिबिधि गर्दै आएको भन्दै प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ ।
निर्बाचन गलत गतिबिधि गर्दै गरेको अबश्थामा पक्राउ गरिएका यि एघार जनालाई जिल्ला प्रहरि कार्यालय धनकुटाले नियन्त्रणमा लिएकोे छ ।
निर्वाचन विरोधी कुरा गर्दै मतदाता भड्काउँने काम गरेको पाईएपछि ओझालाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख राजभण्डारीले जानकारी दिनु भयो ।
यसअघि भएको स्थानीय तह निर्वाचनमा पनि निर्वाचन बिरोधी गतबिधि गरेको आरोपमा धनकुटाबाट नेकपाका जिल्ला इन्चार्जसहित दुई जना गरि तिनजनालाई प्रहरीले पक्राउ गरिएको थियो ।
पक्राउ परेका उनीहरु निर्वाचन पश्चात छुटेका थिए । निर्वाचन विरोधी गतिबिधि गर्दै आएको भन्दै प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएको स्रोतले जनाएको छ ।


