जोरपाटीमा बाम गठबन्धनको चुनावी अभियान
धनकुटा खबर । बाम गठबन्धनले छथर जोरपाटी गाउँपालिकाको जोरपाटी बजारमा चुनावी कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा बामहरुले जिते ब्यक्तिको सम्पति र स्वत्रन्तत्रा राज्यले खोस्छ भन्ने बिपक्षिहरुको भनाई उनीहरुको हार मानसिकताको उपज भएको प्रतिनीधि सभाका उमेद्वार राजेन्द्र राईले बताउनुभएको छ ।
बाम गठबन्धननले धनकुटाको छथर जोरपाटी बजारका गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै बिपक्षिहरुले बिभिन्न सन्चार माध्यमबाट लगाएको आरोपको खण्डन गर्दै राईले यस्तो बताउनुभएको हो ।

संघियता,लोकतन्त्र,संविधान समेत कम्युनिष्टहरुकै पहलमा आएकाले लोतान्त्रीक गठबन्धनले लगाएको आरोपको कुनै तुक नभएको राईको भनाई छ ।
‘जनताहरुले बामहरुलाई साथ दिएको देखेर लोकतान्त्रीकहरुले डाह गर्नु सामन्ती चिनतन मात्र हो’–राईले भन्नु भयो ।
७० बर्ष सम्म पनि लोकतान्त्रीकहरुले देश बिकास नगरेकाले अब बामहरुलाई बिजयी गराउन सूर्य र गोलाकार भित्रको हसिया हतौडामा मतदान गर्न राईको आग्रह थियो ।
कार्यक्रममा क्षेत्र नं.२ बाट प्रदेश सभाका उमेद्वार ईन्द्रमणि पराजुलीले धनकुटालाई प्रदेशको राजधानी बनाउन आफू र बाम गठबन्धनका सबै उमेद्वारहरुलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।
दुईतिहाई मतबाट प्रदेशको राजधानी तोकिने भएकाले उक्त मतका लागि मत आधार तयारपार्न बामगठबन्धनका प्रतिनीधिहरुलाई मतदान गर्न पराजुलीले आग्रह गर्नुभयो ।
देव कुमार लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त चुनावी अभियानमा पूर्व सभासद् टिकाराम चेम्जोङ्ग,नेकपा माओवादी केन्द्रका कार्यवाहक ईन्चार्ज उज्ज्वल किरातीले मन्तब्य राख्नुभएको थियो ।
जोरपाटी बजारका भएको कार्यक्रममा एमाले नेता गोपाल गुरागाई,सुरेन्द्र पौडेल,ईन्द्र सारु मगर,माओवादी नेताहरु बिष्णु पारघारी,दिपाक मगर लगाएतको उपस्थिति रहेको थियो ।


