खान नदिने बोल्न मात्र दिने लोकतन्त्र हैन : राजेन्द्र

धनकुटा खबर । लोकतान्त्रीक शक्तिहरुले जिते खाना नदिने बोल्न मात्र दिने प्रतिनीधि सभाका उमेद्वार राजेन्द्र राईले बताएका छन् ।

गठबन्धनले आईतबार मारेकटाहारेको बिभिन्न स्थानमा गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

२००७ सालबाट लोकतान्त्रीक गठबन्धनले जनतालाई अधिकार नदिएकै कारण बाम गठबन्धनले उनीहरु बिरुद्ध मोर्चाबन्दी गरेको राईले बताए ।

उनले भने–‘लोकतान्त्रीकहरु बोल्न त दिन्छन् तर खाना दिंदैनन् । हामी जनतालाई अधिकार र स्वत्रन्त्रता दुबै दिन्छौं ।’

माओवादीले जंगलबाट लडाई गरेर र एमालेले खुला संघर्ष गरेर नै वर्तमान संविधानबाट जनताको अधिकार सुनिश्चित भएको राईको भनाई थियो ।

‘अब संविधानमा जनताका अधिकार लेखिए । त्यो बैधानिक आधारमा टेकेर अब हामी जनता धनी बनाउँछौ राईले भने ‘अब भन्नुस् लोकतन्त्रबादी को ?’
महालक्ष्मि नगरपालिकाको मारेकटाहारे स्थित घुमाउने र खाप्राङ्गमा भएको चुनावी कार्यक्रममा प्रदेश सभाका उमेद्वार ईन्द्रमणि पराजुलीले आफू जनताहरु संगै बसेर जनताकै काम निरन्तर गरिरहेकाले आफूहरुलाई मतदान गर्न आग्रह गरे ।

उनले भने–‘हामी साथ मिल्छ, गाँस मिल्छ, हामीले संगै गोठाला र मेलापात ग¥यो त्यसैले भोली हामीले जिते पनि तपाईहरुका सुख दुःखमा साथ दिन्छौ ।’

कार्यक्रममा पराजुलीले धनकुटालाई राजधानी बनाउन प्रदेशको दुईतिहाई मतमा आफूहरुको महत्वपूर्ण भुमिकाका लागि पनि सूर्य चिन्हमा बामहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले नेता धर्मराज पौडेल,माओवादी केन्द्रका सन्जोग लिम्बु रुपक कार्की लगाएतको उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।