धनकुटा अपडेट : हेर्नुहोस् पछिल्लो मत परिणाम !
धनकुटा खबर । बाम गठबन्धनका राजेन्द्र राई ५६२९ मतले अगाडि रहनु भएको छ भने वहाँका निकटतम प्रतिद्धन्द्धि लोकतान्त्रिकका सुनिलबहादुर थापाले ४३१० मतले पछ्याईरहनु भएको छ । थापा भन्दा राई १३१९ मतले अगाडि पुग्नु भएको छ ।
धनकुटामा प्रदेशसभा तर्फ दुवै क्षेत्रमा बाम गठबन्धनले हाल सम्म अग्रता लिएको छ । प्रदेशसभा एक मा बाम गठबन्धनका तर्फबाट एमालेका निरन राईले ४६६० र दुई नम्वर प्रदेशसभाका बाम गठबन्धनका तर्फबाट एमालेका ईन्द्रमणी पराजुलीले ४२६९ मत ल्याएर अहिले सम्मको बर्चस्व कायम गर्नु भएको छ ।
वहाँहरुका निकटतम प्रतिद्धन्द्धि लोकतान्त्रिक गठबन्धनका तर्फबाट श्रेष्ठले ३१७९ र थापाले २१८२ मतान्तरले पछईरहनु भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाकालागि धनकुटामा बाम गठबन्धनका तर्फबाट राजेन्द्र राई, निरन राई र ईन्द्रमणि पराजुलिले उम्मेद्धारी दिनु भएको थियो भने
लोकतान्त्रिकको तर्फबाट सुनिल बहादुर थापा, मनोहर नारायण श्रेष्ठ र अर्जुन थापाले उम्मेद्धारी दिनु भएको थियो ।
राईको चुनाब चिन्ह सुर्य रहेको थियो भने वहाँ नेपाल कम्युनिष्ट पार्टी एमालेका ‘म्यान अफ दी ईलेक्सन’ घोषणा हुनुभएका ब्याक्तित्व हुनुहुन्छ । वहाँका प्रतिद्धन्द्धिका रुपमा सुनिल बहादुर थापा रहनु भएको छ भने वहााको चुनाब चिन्ह गोलाकार भित्रको हलो रहेको छ वहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रिकका महामन्त्रि हुनुहुन्छ ।
एक नम्वर प्रदेशसभाकालागि बाम गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी एमालेका निरन राई र दुई नम्वर प्रदेशसभाकालागि सोहि पार्टीका ईन्द्रमणि पराजुलिले उम्मेद्धारी दिनु भएको थियो । पराजुलि र राई दुबैको चुनाब चिन्ह सुर्य रहेको थियो ।
एक नम्वर प्रदेशसभाकोलागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काग्रेसका मनोहर नारायण श्रेष्ठ र संघिय समाजबादि फोरमका तर्फबाट अर्जुन थापाले उम्मेद्धारी दिनुभएको थियो । श्रेष्ठको चुनाब चिन्ह रुख रहेको थियो भने थापाकोचुनाब चिन्ह हातले समातेको पुल्ठो रहेको थियो ।

प्रतिनीधि सभा
राजेन्द्र राई (एमाले) – ५६२९
सुनिल ब. थापा (राप्रपा प्रजातान्त्रिक) – ४३१०
प्रदेश सभा ‘क’
निरन राई (एमाले) – ४६१०
मनोहर नारायण श्रेष्ठ (नेपाली कांग्रेस) – ३१७९
प्रदेश सभा ‘ख’
ईन्द्रमणी पराजुली (एमाले) – ४२६९
अर्जुन थापा (समाजवादि फोरम) – २१८२


