दलिय सहमति भै धनकुटाको मतगणना १ बजेबाट शुरु हुने
धनकुटा खबर । दलिय सहमति भई धनकुटाको मतगणना आज १ बजेबाट धनकुटाको सामुदायिक भवनमा शुरु हुने निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

स्थानिय ७ तह रहेको धनकुटामा १३ दलका १९ प्रतिष्प्रर्धी उमेद्धारहरुको सहभागिता रहेको थियो ।
धनकुटाका सवै मतपेटिका गएराति सदरमुकाम ल्याईएको छ । बिहिबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान सकिएपछि साँझबाटनै मतपेटिका ओसार्न थालिएको थियो ।
राति २ बजेसम्ममा धनकुटाको १ सय ५३ वटै केन्द्रबाट मटपेटिका सदरमुकाम आईपुगेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्बाचन अधिकृत केवल प्रसाद रेग्मिले जानकारी दिनु भयो ।
मतगणनाका लागि आवश्यक सम्पूर्ण तयारी तारबार जालिका साथमा पुरा गरिनुका साथै धनकुटाको सामुदायिक भवनमा मतगणना हुँनेछ र उक्त स्थानमा तिन घेरामा रहेको सुरक्षाको ब्याबस्था कडा गरिएको प्रमुख जिल्ला अधिकारी पे्रम प्रकास उप्रेतिले बताउनु भयो ।
१ लाख ५ हजार १८८ मतदाता रहेको धनकुटा जिल्लामा ७० प्रतिशत मतदाताले मतदान गर्नुभएको निर्बाचन कार्यलय धनकुटाले जानकारी दिएको छ ।
धनकुटामा मतपेटिका संकलन कार्य सकि सामुदायिक भवनमा रहेको मुख्य निर्बाचनको कार्यलयमा सबै मतपेटिका सुरक्षाका साथ राखिएको मुख्य निर्बाचन कार्यलयका मुख्य निर्बाचन अधिकृतले विनोदकुमार पोखरेलले जानकारी दिनु भयो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपश्चात बिहिबार साँझबाट धनकुटामा मतपेटिका संकलनको कार्य शुरु भएको थियो ।
राति करिव १० बजेसम्ममा धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको मतपेटिका संकलन भईसकेको र ३५ भन्दा बढी मतदान केन्द्रको मतपेटिका संकलन भएको थियो ।
दुर्गम क्षेत्रका मतपेटिका मध्य रातिसम्ममा सदरमुकाम ल्याई सकिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभएको छ । कडा सुरक्षाकाबीच मतपेटिका सदरमुकाम ल्याईएको थियो ।


