धनकुटामा बाम गठबन्धनको जित सुनिश्चित ! हेर्नुहोस् यस्तो छ पछिल्लो मत परिणाम…
धनकुटा खबर । धनकुटाको पछिल्लो मत परिणाम सार्वजनिक भएसँगै बाम गठबन्धनको जित सुनिश्चित बनेको छ । अहिलेसम्मको जारी मतगणनामा बाम गठबन्धनका तीनै जना उम्मेदवारहरु सात हजार मत अन्तरले अगाडि रहेकाले जित सुनिश्चित देखिएको हो । । प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले १९१४४ मत ल्याएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले १२१४३ मत ल्याएका छन ।
प्रतिनीधि सभा
राजेन्द्र राई (एमाले) – १९१४४
सुनिल ब. थापा (राप्रपा प्रजातान्त्रिक) – १२१४३
प्रदेश सभा ‘क’
निरन राई (एमाले) – १२६९३
मनोहर नारायण श्रेष्ठ (नेपाली कांग्रेसB) – ९५५२
प्रदेश सभा ‘ख’
ईन्द्रमणी पराजुली (एमाले) – १४६९८
अर्जुन थापा (समाजवादि फोरम) – ५७७०
कस्को चुनाव चिन्ह के ?

प्रतिनिधिसभाकालागि
१. नेपाल कम्यसनिष्ट पार्टी एमालेका तर्फबाट राजेन्द्र कुमार राईको चुनाब चिन्ह सुर्य रहेको छ ।
२. राष्टिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट सुनिल बहादुर थापाको चुना चिन्ह गोलाकार भित्रको हलो रहेको छ ।
३. राष्ट्रिय जनमुक्ति पार्टीका ईन्द्र बहादुर रसाईलीको चुनाब चिन्ह घर रहेको छ ।
४. एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादका सुभान सिंह राईको चुनाबचिन्ह आयातकार भित्रको हलो रहेको छ ।
५. मंगोल नेश्नल अर्गनाईजेसनका तर्फबाट श्याम मान राईको चुनाब चिन्ह कुखुराको भाले रहेको छ ।
६. संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट चन्द्र सिंह लिम्बु नेम्वाङ्गको चुनाब चिन्ह दाप सहितको खुकुरी रहेको छ ।
प्रदेशसभाकालागि
५. एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादकातर्फबाट ज्ञानबहादुर बिष्टको चुनाब चिन्ह आयातकार भित्रको हलो रहेको छ ।
४. राष्ट्रिय जनतापार्टी नेपालका तर्फबाट खगेन्द्र प्रसाद राईको चुनाब चिन्ह छाता रहेको छ।
३. राष्टिय प्रजातन्त्र पाटिको तर्फबाट चक्र बहादुर बुडाथोकिको चुनाब चिन्ह गाई रहेको छ।
६. संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट क्षेत्र बहादुर लिम्बुको चुनाब चिन्ह दाप सहितको खुकुरी रहेको छ ।
७. जनप्रजातान्त्रिक पार्टी नेपालका तर्फबाट सोम बहादुर राईको चुनाब चिन्ह गैडा रहेको छ ।


