स्थगित सन्धिखर्कमा उत्साहका साथ पुनः मतदान सम्पन्न, कति मत खस्यो ?

सन्धिखर्क, २३ मंसिर । मंसिर २१ गते स्थगित भएको मथुरा नन्दराम आधारभूत विद्यालयमा उत्साहका साथ मतदान सम्पन्न भएको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–५ मा रहेको ‘क’ र ‘ख’ दुवै मतदान केन्द्रमा शनिबार पुनः मतदान भएको छ ।

बिहीबार निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मतपत्रमा मतदान गरेको भन्दै बिहीबार मतपत्र जलाउनुका साथै मतपेटिका समेत फालिएको सो मतदान स्थलमा उत्साहका साथ मतदान भयो ।

यी दुई केन्द्रमा गरी दुई हजार ४४ मतदाता रहेको ‘क’ र ‘ख’ मा गरी ६५४ र ६१८ गरी १२७२ मत खसेको मतदान केन्द्र ‘क’ का मतदान अधिकृत लिलबहादुर राउत क्षेत्रीले जानकारी दिए ।

निर्वाचन सम्पन्न गर्नका लागि मतदान केन्द्र ‘क’ मा जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत र ‘ख’ मा सिँचाई कार्यालय प्रमुख टंकबहादुर केसी मतदान अधिकृत रहेका थिए । बिहीबार ‘ख’ का मतदान अधिकृत (शिक्षक) सुरेन्द्रराज अधिकारीले मतदातालाई हस्ताक्षर नगरी मतपत्र दिएका थिए ।

मथुरामा भएको चुनावमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला पनि मतदान स्थलमा उपस्थित हुनुहुन्थ्यो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।