धनकुटामा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र राई बिजयी !
धनकुटा खबर । धनकुटा प्रतिनिधिसभामा बाम गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र राई फराकिलो मत अन्तरले विजयी हुनु भएको छ ।

प्रतिनिधिसभाकालागि धनकुटामा बाम गठबन्धनका तर्फबाट राजेन्द्र राईले ३७ हजार ३ सय ३३ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने वहाका निकटतम प्रतिद्वन्द्वी सुनिल बहादुर थापा २६ हजार ८ सय ७४ मत प्राप्त गर्नु भएको छ ।
निकटतम प्रतिद्वन्द्वी थापालाई हजार १० हजार ४ सय ५९ मतअन्तरले हराऊदै उहाँ फराकिलो मत अन्तरले बिजयी हुनु भएको छ । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बिजयीको घोषणा गर्नु भएको हो ।
प्रतिनीधि सभा
राजेन्द्र राई (एमाले) – ३७,३३३ (विजयी)
सुनिल ब. थापा (राप्रपा प्रजातान्त्रिक) – २६,८७४
प्रदेश सभा ‘क’
निरन राई (एमाले) – २०,०८८ (विजयी)
मनोहर नारायण श्रेष्ठ (नेपाली कांग्रेस) – १३,४४२
प्रदेश सभा ‘ख’
ईन्द्रमणी पराजुली (एमाले) – २०,६५२ (विजयी)
अर्जुन थापा (समाजवादि फोरम) – ८,२३१


