आन्तरिक उडानको भाडा बढ्यो !

काठमाडौँ । वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु चार वा सोभन्दा बढी घटबढ भएमा त्यहीअनुसार भाडा घटाउन तथा बढाउन सक्ने व्यवस्थाअनुसार बढाउने निर्णय भएको छ । यही २२ गते निगमले आन्तरिक इन्धनको मूल्य प्रतिलिटर रु पाँच बढाएको थियो ।

संघका अनुसार धनगढीका लागि सबैभन्दा धेरै भाडा प्रतियात्रु रु २२० बढेको छ । यसअघि पुरानो भाडादर रु १२ हजार १०० रहेकामा अब १२ हजार ३२० कायम भएको छ ।

त्यस्तै सिमराका लागि सबैभन्दा कम प्रतियात्रु रु ४५ ले भाडा बढेको छ । पुरानो भाडा रु तीन हजार ९५० रहेकामा अब चार हजार १० कायम भएको छ । भाडा सूचीसहित तल उल्लेख गरिएको छ:
स्थान – पुरानो भाडादर – बढेको शुल्क – नयाँ भाडादर
माउण्टेन – १० हजार ८५० –  १७० – ११ हजार २०
पोखरा – चार हजार ६५० – ८० – चार हजार ७३०
भैरहवा – पाँच हजार ९५० – १०५ – छ हजार ५५
भरतपुर – तीन हजार ४५० – ५५ – तीन हजार ५०५
विराटनगर – सात हजार १०० – १२० – सात हजार २२०
नेपालगञ्ज – नौ हजार ४०० – १६५ – नौ हजार ५६५
भद्रपुर – आठ हजार ६०० – १५० – आठ हजार ७५०
धनगढी – १२ हजार १०० – २२० – १२ हजार ३२०
जनकपुर – तीन हजार ९५० – ६० – चार हजार १०
सिमरा – तीन हजार पाँच – ४५ – तीन हजार ४५
तुम्लिङटार – पाँच हजार ६२५ – ९५ – पाँच हजार ७२०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।