अब सरकार ६–६ महिना नभई पाँच वर्षसम्म एउटै चल्नेछ : एमाले महासचिव ईश्वर पोखरेल

‘राजनीतिक दलसँग मिलेर देशको विकास गर्ने’

काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सबै राजनीतिक दल मिलेर देशको विकास गर्ने बताउनुभएको छ ।

आज टोखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक प्रतिस्पर्धा सकिएकाले अब जनमतलाई कदर गर्दै सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले वाम गठबन्धनले दुईतिहाइको सरकार बनाई मुलुकमा कायापलट ल्याउने बताउनुभयो ।

“हामी घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गर्दछौँ”, उहाँले भन्नुभयो, “भ्रष्टाचारको अन्त्य गर्दै देश र जनता विरोध काम नगरी जनताको शिर झुक्ने दिने छैनौँ ।” उहाँले वाम गठबन्धनपछि अब वाम एकता चाँडै हुने भन्दै एकतालाई कसैले रोक्ने प्रयास गर्न आग्रह गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं ५ मा विजय हुनुभएका महासचिव पोखरेलले आफूले कुनै पनि विकास निर्माणलाई कति पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मतदाताको सुझावका आधारमा आफूले उक्त निर्वाचन क्षेत्रमा काम गर्ने बताउनुभयो ।

निर्वाचनको परिमाणले राजनीतिक स्थायित्व दिएको भन्दै उहाँले भन्नुभयो, “अब सरकारले ६–६ महिना नभई पाँच वर्षसम्म एउटै चल्नेछ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।