अन्तिम अवस्थासम्म पनि प्रदेश नम्बर १ को राजधानी अन्यौलमा, आज पनि राजधानी तोकिनेमा अनिश्चित

धनकुटा खबर । प्रदेशको राजधानी आज सम्ममा टुग्गो लाग्ने भनिएता पनि अन्तिम अबस्था सम्ममा अन्यौलमा रहि पुष्टि हुन सकेको छैन् ।

प्रधानमन्त्री कार्यलयको समन्वयमा सहरी बिकास मन्त्रालयले सातै प्रदेशको राजधानि तोकि मुख्यमन्त्रिको कार्यालय र मन्त्रालय राख्ने ठाउँ पहिचान गर्ने सिलसिलामा १ नम्वर प्रदेशको राजधानि बिराटनगर, ईटहरी, धरान र धनकुटालाई सम्भाबित स्थान राखि प्रतिबेदन दिएता पनि अन्तिममा अहिले सर्वत्र बढि चर्चाको विषय मोरङ्गको सुन्दरहरैचामा रहेको पुर्बाञ्चल बिश्वबिद्यालयको गोठगाउँ क्षेत्र रहेको भएता पनि सबै दृष्टिकोणले धनकुटा नै योग्य रहेको पुष्टि भएको छ ।

सरकारले हाल प्रदेशको अस्थायि मुकाम तोक्ने तयारी गरिरहेको छ । क्षेत्रिय कार्यलय रहेको स्थानहरुमा प्रदेशको राजधानि तोकिने एउटा तर्क अगाडि आएको छ भने सगसगै उच्च अदालत रहेको स्थानलाई पनि उत्तिकै चर्चामा ल्याईएको छ ।

दशकौंदेखि पुर्बाञ्चल बिकास क्षेत्रको प्रशासनीक निकाय रहेकोले पर्याप्त भौतिक पुर्वाधार रहेको ठाउँमा नै प्रादेशिक राजधानि तोकिनु पर्ने यस्तै हजारौं रोपनी सरकारी जग्गा र सय बढि कार्यालय भवन रहेकोले धनकुटा जिल्लामा नै राजधानी बनाउन उचित हुने हाल कायम रहेको क्षेत्रीय प्रशासक कार्यालयको समन्वयमा सरकारले मुकाम तोक्न लागेको स्रोतले जनाएको छ । यसबारे आफुलाई हालसम्म कुनै औपचारिक जानकारी नआएको र आफुले कुनै भूमिका निर्वाह नगरेको पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले बताउनु भयो ।

पहाडि जिल्लाकोलागि पाएक पर्ने र भौतिक संरचनाले सम्पन्न देखिएको क्षेत्रिय प्रशासकको मुकाम रहेको हिसाबले धनकुटामा राजधानि तोकिनु पर्ने अबश्थामा अस्थायि मुकाम समेत उम्कन सक्ने संभावना बढ्दै गएको राजनितिक दलका नेताहरुले बताउदै आज बिहिबार प्रदेशको राजधानि तोकिने करिब करिब निश्चित रहेको भनिएतापनि आधिकारीक पुष्टि हुन सकेको छैैन् ।
क्षेत्रीय प्रशासन कार्यालय रहेको स्थानमा अस्थायी मुकाम तोकिने भनिएपनि धनकुटामा नभएर अन्यत्र तोकिने चर्चा भएपछि जिल्लाबासी चिन्तित बनेका छन् । विभिन्न सञ्चारमाध्यममा प्रदेश नं.१ को अस्थायी मुकाम गोठगाउँ तोकिन लागेको समाचार प्रकाशन भएपछि जिल्लामा यसबारे सर्वसाधारणले गम्भीर चासो लिएर आफुहरुप्रति अन्याय गरिएकोमा स्थानियबासिहरुले असन्तुष्ट ब्याक्त गरेका छन् ।

प्रदेशको मुख्य मन्त्रिको सम्भावना रहेका ईटहरीका भिम आचार्य, बिराटनगरका जिवन घिमिरेले समेत प्रदेशको राजधानि मोरङ्गमा बनाउन लागिपर्नु भएको छ भने भोजपुरका शेरधन राई, यस सम्बन्धमा मौन रहनु भएको छ ।

धनकुटा जिल्लाबाट भवन तथा शहरी बिकास डिभिजन कार्यलयले स्थानिय प्रशासन संग समन्वय गरि पठाएको प्रतिबेदनमा यस जिल्लाका पुर्बाधार बिकासका तथ्यांकहरु यर्थाथ रुपमा पठाईएको निर्णय गर्ने काम मन्त्रि परिषदको भएकोले धनकुटाको सम्भावना कायम नै रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतिले बताउनु भयो ।

अस्थाई नभई स्थाई राजधानिका रुपमा पुर्बाञ्चल बिश्वबिद्यालयलाई मान्न सकिने स्थानिय संन्चारकर्मीको भनाई रहेको छ भने अर्कातिर सुनसरी, मोरङ्ग, धनकुटालाई नै बढि फोकस गरिएको भएता पनि मोरङ्ग सुन्दरहरैचा गोठगाउँमा रहेकोपुर्बाञ्चल बिश्वबिद्यालयको सन्दर्भमा भन्नुपर्दा चाहि बिश्वबिद्यालयमा बिद्यार्थीहरुको पढाई शुरु हुन थालेको सुन्नमा आएको र त्यसको बिकल्पमा अन्य ब्याबस्था नभएको हुदा शैक्षिक संस्थालाई प्रशासनिक प्रयोगमा ल्याउन कठिन हुने कुरा क्षेत्रिय प्रशासन कार्यालय धनकुटाका क्षेत्रिय प्रशासक राजेश्वरमान सिंहले जानकारी दिनु भयो ।

प्रदेश नम्वर १ को अस्थायी राजधानी अन्यत्र तोक्न लागिएको भन्दै धनकुटाबासीले त्यसप्रकारको उपेक्षा नगर्न अपिल गरेका छन् । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा हल, प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय, निवाससहितको अस्थायी राजधानी तोक्न लागेको हो । क्षेत्रीय प्रशासन कार्यालय रहेको स्थानमा अस्थायी राजधानी तोकिनु पर्नेमा सरकारले कन्जुस्याई गर्न नहुने नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको भनाई रहेको छ । ‘भौतिक पूर्वाधार पर्याप्त छ, धनकुटामा नै राजधानी हुनु पर्नेमा अस्थायी राजधानी तोकिन नै आनकान गरिनु दुखद पक्ष हो ।’ अन्याय गरिए आन्दोलनको विकल्प नभएको उहाँको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।