१ नम्वर प्रदेशको राजधानी धनकुटालाई तोकिनु पर्ने भन्दै धनकुटामा ऊर्लियो जनसागर – हेर्नुहोस भिडियो सहित
धनकुटा खबर । एक नम्वर प्रदेशको राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटामा जनसागर उर्लिएको छ । शान्तिपूर्ण रुपमा आन्दोलन गर्दै जनलहर उर्लिएको हो ।
संघिय संरचनामा प्रदेशका केन्द्र कहाँ रहने भन्ने चर्चा चलिरहेका बेला प्रादेशिक राजधानीका लागि उपयूक्त भएको भन्दै उद्योग बाणिज्यसंघ धनकुटा र नागरिक समाजको अगुवाइमा दवाव आन्दोलन थालिएको हो ।
अढाइ सय बर्ष अघि देखि प्रशासनिक केन्द्र रहेको धनकुटा, ऐतिहासिक, भौगोलिक र सामरिक रुपले समेत धनकुटा राजधानीका लागि उपयुक्त भएको संघर्ष समितिका संयोजक उमेश भिमिरेले बताउनु भयो ।
प्रादेशिक मन्त्रालयका लागि पर्याप्त भौतिक संरचना र प्रसस्त सरकारी जमिन उपलब्ध भएकाले अंकगणितका नाममा प्रदेशसभाबाट धनकुटा र प्रदेश नम्वर एकका समग्र पहाडी जिल्लालाई अन्याय हुनेगरी निर्णय नगर्न स्थानीयले अनुरोध गरेका छन् ।
तेह्रथुम, भोजपुर, संखुवासभा र खोटाङ लगायतका जिल्लाहरु समेत धनकुटानै प्रादेशिक राजधानी हुनु पर्ने पक्षमा रहेको आन्दोलनकारीको दाबी छ ।
यस अभि पनि राजधानीका लागि बारम्बार आनदोलन गरेको संघर्ष समितिले राजधानीका लागि लगातार आन्दोलन जारी रहने संघर्ष समितिका सदस्य बिजय सन्तोषी राईले जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो


