धनकुटा पात्लेमा फन र्पाक र पानी उद्योग !

धनकुटा खबर । धनकुटा नगरपालिकाको वडा नं.९ स्थित पात्ले बेंसिमा फन पार्क रिसोर्ट र पिउने पानी उद्योग सन्चालनमा आउने भएको छ ।

३ करोड ९२ लाख लागतमा सन्चालनमा आउने लागेको उक्त पार्क र उद्योग धनकुटाका ब्यसायीहरु गोपाल गुरागाईं,घनेन्द्र न्यौपाने र बिष्णु गौताम(पाखरेल)को नीजि साभेदारीमा सन्चालनमा आउन लागेको हो ।

२०७३ सालबाट शुरु भई २०७६ साल पौष भित्रमा सन्चालन आउन लागेको फन पार्क ३ करोड र खानेपानी ९२ लाखको लागतमा सन्चालनमा आउन लागेको सन्चालक न्यौपानेले जानकारी दिए ।

साढे २० रोपनी क्षेत्रफलमा फैलिएको उक्त फन पार्कमा होटल तथा रेष्टुरेन्ट सेवा,स्वीमिङ्ग,चिल्ड्रेन पार्क,बनभोज स्थल,होमस्टे शैलीमा आधारित बासको ब्यबस्था र सेमिनार हल हलको सुबिधा रहने न्यौपानेले बताए ।

उनले भने–‘यहाँ एक पटकमा १ सय ५० पाहुनालाई बस्न,खान र कार्यक्रम गर्ने सुबिधा दिनेछौं ।’

त्यस्तै उक्त स्थानमा नै धनकुटा बजारलाई लक्षित गरेर दैनिक ४० हजार लिटर पिउने पानी उद्योग सन्चलनमा आउन लागेको अर्का सन्चालक गरागाईंले जानकारी दिए ।

तस्वीर : निर्माणाधिन फर्न र्पाक र पिउनेपानी उद्योग स्थल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।