प्रदेश नं १ को राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धर्ना

धनकुटा । प्रदेश नं १ को राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धनकुटावासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन् । यस अघि उनीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको एक ज्ञापनपत्र पनि बुझाएका थिए ।

धनकुटाको मदनचौकबाट अघि बढेका जुलुश बजार परिक्रमापछि क्षेत्रीय प्रशासन कार्यालय धनकुटा पुगेको हो । सुरक्षा, भौतिक संरचनाका साथै भौगोलिक रुपले समेत धनकुटा प्रादेशिक राजधानीका उपयुक्त भएको दाबी गर्दै उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले यसमा सरकारलाई दबाब दिन कार्यालयमा धर्ना दिएको बताउनुभयो ।

धनकुटालाई प्रदेश नं १ को केन्द्र बनाउन गएको ३ दिनदेखि आन्दोलनको अगुवाइ गरिरहेका धनकुटा उद्योग वाणिज्य संघ र नागरिक समाजले यहाँ प्रादेशिक मन्त्रालयका लागि भौतिक संरचना र पर्याप्त सरकारी जमिन रहेकोतर्फ ध्यानाकर्षण गराउँदै आएको छ ।

जिल्लावासीले बुझाएको ज्ञापनपत्रमा धनकुटा ऐतिहासिक ठाउँ भएकाले यसको विकास र समृद्धिका लागि राजधानी बनाउन आवश्यक रहेको उल्लेख छ । धनकुटामा ३ सय ९१ वटा सरकारी भवन र शहरी विकासको नाममा करिव ३ सय रोपनी जग्गा रहेको छ ।

यस अतिरिक्त विद्युत् प्राधिकरण र धनकुटा नगरपालिकाका स्वामित्वमा पनि थुप्रै जग्गा रहेको छ । ज्ञापनपत्र बुझ्दै निमित्त क्षेत्रीय प्रशासक शेवन्त दाहालले जिल्लावासीको मागलाई प्रधानमन्त्रीको कार्यालय समक्ष पु¥याइदिने वचन दिनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।