‘धनकुटा राजधानी’ माग गर्दै यातायात र बजार बन्द !, हेर्नुहोस् भिडियोमा सुनसान धनकुटा र हिले बजार
धनकुटा खबर । प्रदेश नं. १ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै धनकुटाबासीले सोमबार धनकुटा बजार र यातायात बन्द गराएका छन् । धनकुटाबासीले विहानै देखि बजार बन्द गराएका छन् । बजारमा माइकिङ गरेर बजार बन्द गराएका हुन् । धेरै पसल स्वस्फुर्त रुपमा आन्दोलनमा एैक्यबद्धता जनाउदै बन्द भएका छन् । त्यसैगरी राजधानीको माग गर्दै धनकुटामा सवारी साधन चलेका छैनन् । नीजि र सरकारी सवारी साधन समेत बन्दकर्ताले चल्न दिएका छैनन् । धनकुटाहुँदै तेह्रथुम, संखुवासभा र भोजपुर गुड्ने सवारी साधन जिरोप्वाइन्टमा रोकिएका छन् । सुरक्षा र एम्बुलेन्सलाई भने सहज रुपमा चल्न दिइएको छ । धनकुटाबासीले राजधानीको विषयमा पटकपटक आन्दोलन गरिरहेका छन् ।

