प्रदेश नं. १ को राजधानी ‘धनकुटा’ माग्दै मन्त्री नै बसे धर्नामा !

धनकुटा खबर । प्रदेश नं. १ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै उद्योग मन्त्री नै धर्नामा बसेका छन् । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन थालिएको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उद्योग मन्त्री सुनीलबहादुर थापा मंगलबार राजधानीको माइतीघर मण्डलामा १ घण्टा धर्नामा बसेका हुन् ।

सो धर्नामा धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र राई, प्रदेश नं. क का नवनिर्वाचित सांसद निरन राई, ख का नवनिर्वाचित सांसद इन्द्रमणी पराजुली, पूर्व सभासदहरु उदय नेपाली श्रेष्ठ, मनोहर नारायण श्रेष्ठ, लगायतका धनकुटेलीहरुले विहान ८ बजेदेखि माइतीघर मण्डलामा १ घण्टा धर्ना दिएका थिए ।

सो धर्नामा धनकुटाबाट काठमाडौंमा बसोबास गर्ने धनकुटेली, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, नेपाल अर्वुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र श्रेष्ठ लगायतले धनकुटालाई प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउन माग गरेका थिए ।

त्यसैगरी धनकुटाबाट आएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । नवनिर्वाचित सांसदहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा लगायतले धनकुटालाई प्रदशको राजधानी बनाउन माग गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।