धनकुटामा सबै भन्दा धेरै महिला हिंसा !
धनकुटा खबर । गएको १ बर्ष भित्रमा धनकुटामा ३३ वटा घरेलु हिंसाका घटनाहरु घटेको अनौपचारीक क्षेत्र ईन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
ईन्सेकले बार्षिक समिक्षा कार्यक्रम गरेर गैर राज्य पक्षहरुबाट भएको ३८ वटा घटनामा उक्त महिला हिंसाका घटनाहरुको बारेमा जानकारी दिएको छ ।

गत २०७३ पुस १७ देखि ०७४ साल २९ सम्मको १ बर्षे अवधिमा ५ वटा गम्भिर प्रकृतिका घटना सहित उक्त घटनाहरु घटेको ईन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
मानव अधिकार बर्ष पुस्तक २०१८ प्रकाशनका लागि संकलित उक्त घटनाहरुमा २ वटा हत्या,एक बलत्कार,२ बहुबिवाह र अन्य सहित ३ दिन बन्दका घटना रहेका छन् ।
समिक्षा कार्यक्रमका प्रमुख अतिथी धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले आगामी दिनमा रोजगार,स्वास्थ्य तथा शिक्षाका क्षेत्रबाट घटेका मानव अधिकारका घटनाको बारेमा समेत ईन्सेकको पुस्तकमा उल्लेख गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका सचिव सुरेन्द्र पौडेल, नेपाली कांग्रेसका सचिव बिजय सन्तोषी राई, नेकपा माओवादी केन्द्रका चिलक प्रसाद राई, महिला तथा बालबालिका कार्यालयका प्रमुख मन्जु लोहनी,महिला अधिकारकर्मी कोपिला शंकर, मानव अधिकारकर्मी दोर्ण प्रसाद गुरागाईं, गैर सरकारी संस्थाका अध्यक्ष शोभिस चेम्जोङ्ग,श–सस्त्र प्रहरी वल छिन्ताङ्ग गुल्मका रमेश बिक्रम शाहि लगाएतले सुझाव राख्नुभएको थियो ।
पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उठेका बिषयहरु ईन्सेक पुस्तकमा समावेश गरिने धनकुटा शाखाका संयोजक सन्तोष रुचाले जानकारी दिनुभयो ।

