धनकुटामा वर्खे धान उत्पादनमा वृद्धी
धनकुटा खबर । धनकुटा जिल्लामा यो वर्ष वर्खे धान उत्पादनमा वृद्धी भएको छ ।

फाईल फोटो
गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५ प्रतिशतले धान उत्पादन वृद्धी भएको हो । जसअनुसार ७ हजार ८ सय २० हेक्टर क्षेत्रफलमा लगाईएको धान खेतीवाट यो वर्ष २८ हजार ४ सय मेट्रीकटन धान उत्पादन भएको छ ।
समयमै मलखाद उपलव्ध हुनु र वर्षात हुनुको उत्पादन वढेको जिल्ला कृषी विकास कार्यलय धनकुटाले जनाएको छ । कार्यलयको तथ्याङ्क अनुसार गएको वर्ष यहाँ उत्तिनै जग्गा क्षेत्रफलमा २७ हजार ९० मेट्रीक टन धान उत्पादन भएको थियो ।


