धनकुटामा आठौं दिन पनि आन्दोलन जारी, ‘धनकुटा राजधानी’ माग गर्दै हस्ताक्षर अभियान – हेर्नुहोस् भिडियो सहित
धनकुटा खबर । स्थानियबासिहरुको सहयोगमा हस्ताक्षर संकलन गर्दै प्रादेशिक राजधानीको माग सहित धनकुटामा आज आठौ दिन पनि आन्दोलन जारि रहेको छ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले हस्ताक्षर संकलन अभियान संन्चालन गरी जारि गरिएको हो ।
धनकुटाको मदनचौकबाट सुरु भएको हस्ताक्षर अभियान धनकुटामा रहेको भेडेटार, मुलघाट, हिले, सिधुवा, पाख्रिबास, जितपुर, बसन्तपुर, मुढेशनिश्चरे, लेगुवालगायतका स्थानहरुमा पनि हस्ताक्षर संकलन अभियान संन्चालन गरिने उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी दिनुभयो ।
आजबाट शुरु भएको हस्ताक्षर संकलन अभियान सहितको आन्दोलन माग पुरा नभएसम्म निरन्तर अगाडि बढिरहने अभियानका सदस्य एवंम नागरिक समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न सरकारसँग माग गर्दै संकलन गरिएको हस्ताक्षर तिनदिन पछि क्षेत्रिय प्रशासन कार्यालय धनकुटामा बुझाउने नागरिक समाजका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
गत शुक्रबारबाट शुरु भएको प्रर्दशनि सहितको आन्दोलन फरक फरक ढङ्गबाट अगाडि बढ्ने क्रम जारि रहिरहेको समयमा आठौ दिनबाट हस्ताक्षर अभियानलाई निरन्तर अगाडि बढाएको नब निर्बाचित प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले बताउदै यो आन्दोलन आईतबारसम्म रहने समेत जानकारी दिनुभयो ।
हरेक हिसावले उपयुक्त रहेरपनि सरकारले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन हिचकिचाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका जिल्लाबासीले आठौ दिनपनि भिन्न अभियानलाई जारी राखेका हुन । राजधानी घोषणाका लागि दबाबमूलक अस्ताक्षर अभियान जिल्लाबासीले धनकुटाका बिभिन्न क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् ।
धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजबुत सुरक्षा ब्यवस्था लगायत कारणले राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग रहेको छ ।
राजधानी घोषणाको माग गर्दै धनकुटाबासीले गत शुक्रबारदेखि नियमित रुपमा प्रदर्शन गर्दै आएका थिए । जिल्लामा प्रदर्शनसँगै काठमाण्डौंमा पनि दवाव दिईराखिएको पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईलिले जानकारी दिनुभयो ।
नब निर्वाचत प्रतिनिधि सभाका सदस्यर प्रदेशसभा सदस्य सहितको टोलीले काठमाण्डौंमा धर्नासहित ज्ञापनपत्र बुझाएर शिर्ष नेताको ध्यानाकर्षण गराउँने क्रम जारी रहेको आन्दोलन संघर्ष समितिले जनाएको छ ।


