देउवा र ओलीको ‘हेण्डसेक’ !, स्वागत गर्दा देउवाले ओलीको अनुहारमै हेर्नसकेनन् 

काठमाडौं । भेटमा हात मिलाउनु (हेण्डसेक) गर्नु सामान्य विषय हो । तर, कुनै सन्दर्भले विषयलाई महत्वपूर्ण बनाउछ । शुब्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पाँच दलको बैठकमा एउटा त्यस्तै महत्वपूर्ण हेण्डसेक भयो ।

सामान्यतया स्वागतमाका क्रममा हुने हेण्डसेक मुस्कानसहितको हुन्छ । तर, प्रधानमन्त्री देउवाले भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मुस्कानसहित स्वागत गर्न नसकेको कुरा तस्बिरमा देख्न सकिन्छ । देउवाले ओलीलाई स्वागत गर्दा अनुहारमा हेरेका छैनन् । ओली भने उत्सुकताका साथ देउवाको अनुहारमा हेरिराखेका छन् ।

विषय र सन्दर्भ सामान्य भए पनि यो तस्बिरको महत्व फरक छ । ओली चाँडै बालुवाटारमा प्रधानमन्त्रीको रुपमा भित्रदै छन् भने देउवा निर्वतमान प्रधानमन्त्री बन्दै छन् । तस्बिरमा देउवा र ओलीसँगै पृष्ठभूमिमा छन् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ । नेता नेपाल र श्रेष्ठले समेत देउवा र ओलीको हेण्डसेकलाई महत्व दिएको देखिदैन । राससका लागि रोशन सापकोटाले खिँचेको यो तस्बिर थप आफैँ बोल्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।